सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धादिङमा नदीमा डुवेर चार जना बेपत्ता


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार १३:०३ 
  • धादिङ, २६ जेठ । धादिङको ज्वालामुखी गाउँपालिकाका तीन जना र सिद्धलेक गाउँपालिकाका एक जना गरी चार जना नदीमा डुवेर मंगलबार देखि हराईरहेका छन् ।

    बूढीगण्डकी नदीमा डुवेर वेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् । ज्वालामुखी २ जोगीटार गाउँका आफन्तको मृत्यु पछि दाहसंस्कारका लागि बूढीगण्डकी नदी किनारको पशुपति थानको घाटमा मलामी गएका ती युवाहरु लास जलाएर नुहाउने क्रममा नदीमा डुवेर हराईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताए ।

    शव जलाएर घर फर्कनु अघि मलामीहरु नुहाउन नदीमा पसेकोमा उनीहरु तीन जनालाई भने नदीले बगाएर बेपत्ता भएपछि प्रहरी, स्थानीयवासीको टोली खोजीमा जुटेका थिए । घटना मंगलबार दिउँसो सवा ३ बजेतिर भएको हो । मंगलबार राती सम्म खोजी गर्दा पनि नभेटिएपछि बुधवार विहानै देखि खोजीकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    यसैगरी, गजुरी गाउँपालिका–१ स्थित त्रिशूली नदीमा माछामार्न गएका १ जना मंगलबार पौने ४ वजे देखि हराईरहेका छन् । धादिङकै सिद्धलेक ६ का २८ वर्षीय राम बहादुर बिसंखे त्रिशूली नदीमा जाल हान्ने क्रममा लडेर बेपत्ता भएका हुन् ।

    घटना लगत्तै नेपाली सेना, प्रहरी र स्थानीयले राती सम्म खोजतलास गरेको फेला नपरेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । फरक फरक स्थानबाट नदीमा हराईरहेका चारै जनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.