सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिरुको दुई गोलमा फ्रान्स विजयी


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार १२:२१ 
  •  काठमाडौं,२६ जेठ । एन्टोनियो ग्रिजम्यान तथा ओलिभिए जिरुले गोल गरेको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को जित निकालेको छ । ग्रिजम्यानले २९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    भर्खरै टोलीमा फर्किएका स्टार स्ट्राइकर करिम बेन्जामा खेलको ३९ औ मिनेटमा घाइते हुनु भने फ्रान्सका लागि चिन्ताजनक बन्यो । इभान टुरिटसोयसँग ठोक्किएपछि उनी मैदान छाड्न बाध्य बनेका थिए ।

    त्यसपछि मैदान छिरेका ओलिभिए जिरुले फ्रान्सका लागि दुई गोल थपे । उनले खेलको ८३ र ९० मिनेटमा गोल गरेका हुन् । फ्रान्सले समूह एफअन्तर्गत मंगलबार (१५ जुनमा) जर्मनीको सामना गर्दै युरोकप यात्रा थाल्नेछ । त्यसपछि १९ जुनमा पोर्चुगलको सामना गर्नेछ ।

    युरोकपमा सफल इतिहास बोकेका टोलीमध्ये फ्रान्स एक हो । उसले १९८४ र २००० मा गरी दुईपटक उपाधि जितेको छ भने गत संस्करण फाइनलको यात्रा गरेको थियो । एकभन्दा धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी, स्पेन र फ्रान्ससँग मात्रै छ । जर्मनी र स्पेनले सर्वाधिक तीन–तीनपटक उपाधि जितेको इतिहास छ ।

    पछिल्लो संस्करणको विश्वविजेता समेत भएकाले फ्रान्सलाई यसपटक धेरैले उपाधिको दाबेदार मानेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.