सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार ११:०१ 
  • चितवन, २६ जेठ । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

    मोटरसाइकल मङ्गलबार राति १०ः१० बजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ बस्ने ६० वर्षीया हस्तमाया मगर रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

    मगरको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् ।

    घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक र घाइते आमा छोरा रहेको थापाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.