सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समिट वार्ता : ओली र नेपाल पक्षबीच के भयो कुराकानी ?


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार १०:४६ 
  • काठमाडौं,२६ जेठ । अध्यक्ष केपी शर्मा ओली वक्तव्य र वरिष्ठ नेता माधवकुमार नेपालको प्रति–वक्तव्यले नेकपा एमालेको एकता प्रयासमाथि प्रश्न उठेका बेला दोस्रो तहका नेताहरुबीच वार्ता भएको छ ।

    मंगलबार साँझ होटल समिटमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्वाद भएको थियो । ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए भने नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए । दोस्रो तहका नेताहरुबीच भइरहेको एकता सम्वादमा आचार्य पहिलो पटक सहभागी भएका हुन् ।

    एक नेताका अनुसार छलफलका क्रममा अध्यक्ष ओली र नेता नेपालको वक्तव्यबारे एकअर्को पक्षले गुनासो गरेका थिए । ओली पक्षले २०७५ जेठ ३ पूर्व फर्किने प्रतिवद्धता जनाए पनि सहमतिमा नआएको ओली पक्षको गुनासो थियो । नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओलीको प्रस्तावमा थप प्रष्टता खोजेका छन् ।

    मंगलबार भएको छलफलमा पनि ओली पक्षका नेताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने जोड दिएका छन् । तर नेपाल पक्षका नेताहरुले नेता नेपालको वक्तव्यमा झै संसद विघटनपछि रिट गएकाले विघटन फिर्ता भए हस्ताक्षर पनि स्वतः फिर्ता हुने बताएका थिए ।

    यद्यपि छलफल सकारात्मक रहेको दुबै पक्षका नेताहरुले बताएका छन् । छलफलमा सहभागी नेपाल पक्षका एक नेता भन्छन्, ‘यो पार्टीलाई कसरी एकतावद्ध गराउने भनेर भइरहेको छलफलकै निरन्तरता हो । र सकारात्मक छ ।’

    नेता सुवास नेम्वाङले पनि सम्वाद जारी रहने बताए । भेटबारे अनलाइनखबरलाई छोटो प्रतिक्रिया दिएका उनले भने, ‘पार्टी एकताका लागि हाम्रो बीचमा निन्तर सम्पर्क छ र यो जारी रहन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.