सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संवैधानिक इजलास आज बस्दै, दुई न्यायाधीशले राय दिने


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार ०९:३३ 
  • काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो । इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् ।

    जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो । महान्यायाधिवक्ता रमेश बडालसहितका सरकार पक्षका कानुन व्यवसायीले उनीहरु हट्नुपर्ने तर्क गरेका थिए । रिट निवेदक पक्षका कानुन व्यवसायीले भने बरिष्ठताका आधारमा इजलास गठन भएको हुनाले कार्की र भट्टराईले मुद्दा हेर्न मिल्ने जिकिर गरेका थिए ।

    त्यसबारे दुवै न्यायाधीशले आजको इजलासमा आफ्नो राय दिएपछि रिटमाथिको सुनुवाई अगाडि बढ्ने छ । जेठ १८ मा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विघटनको मुद्दा हेर्दा ‘स्वार्थ नबाझिने’ राय दिएपछि भट्टराई र कार्कीले इजलास छाड्ने घोषणा गरेका थिए । रिट, निवेदकका तर्फका कानुन व्यवसायीले नेकपा विभाजन गर्ने मुद्दा फैसलामा गरेको हुनाले विघटनको मुद्दामा केसी र श्रेष्ठको सार्थक सरोकार रहेको दाबी गरेका थिए ।

    इजलास गठनबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । तर, बरिष्ठताका आधारमा गठन गरिएको इजलासबारे पनि सरकारी पक्षले असन्तुष्टि जनाएपछि सर्वोच्च अदालत थप विवादमा रुमलिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.