सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले


  •    न्युजभित्तो/२५ जेष्ठ २०७८, मंगलवार १६:३६ 
  • काठमाडौँ, २५ जेठ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

    उहाँले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

    राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागिपरेको र अबका दिनमा पनि सहयोग गरिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    उहाँले विज्ञप्तिमा भन्नुभएको छ – विनाकारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.