सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपद्का सारथीले गरे सङ्क्रमितको उपचार


  •    न्युजभित्तो/२५ जेष्ठ २०७८, मंगलवार १६:१५ 
  • सर्लाही,२५ जेठ । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडी आफू कोरोना सङ्क्रमित भएर पनि अन्य सङ्क्रमितको उपचारमा दिनरात लागिरहेका छन् ।

    गतवर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले बन्दाबन्दी गरेपछि अलपत्र परेका पैदल यात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका यो दम्पती यस पटकको सङ्कटमा भने सङ्क्रमितको उपचारमा जुटेका छन् । उनीहरु आफैँ सङ्क्रमित हुँदा समेत बिमारीको हेरचाहमा अहोरात्र खटिएका छन् ।

    सर्लाही जीवन अस्पताल सञ्चालक अमृता उप्रेती र अर्जुन मैनाली अहिले आफूहरु नै कोरोना सङ्क्रमित छन् । बिरामीको उपचारमा खटिँदाखटिँदै आफूहरू समेत कोरोना सङ्क्रमित भएको अमृताले बताउनुभयो । अमृताका अनुसार उहाँहरूकै कारण छोरा, छोरी, दाजु, बुबासहित पूरै परिवार सङ्क्रमित भएको छ् ।

    उप्रेती परिवारले निर्माणाधीन अस्पताल भवन आइसोलेसनका रूपमा प्रयोग गर्न हरिवन नगरपालिकालाई दिएको छ । नगरपालिकाले भवनमा ६० शय्याको अक्सिजनसहितको आइसोलेसन तयार गरेको जनाएको छ आइसोलेसन स्थापना गरेको सुनेपछि गत वैशाख २४ देखि नगरका सङ्क्रमितहरु उपचारका लागि आउन शुरु गरेका अमृताका श्रीमान अर्जुनले बताउनुभयो । नगरपालिकाले बिरामीको उपचारमा भने कुनै ध्यान नदिएको उहाँहरुको भनाइ छ ।

    बिरामीको उपचारमा नगरपालिकाले बेवास्ता गरेपछि उहाँहरू आफैँ उपचारमा खटिनुभएको छ । ‘‘नगरपालिका जिम्मेवारीबाट पन्छिरहेको छ, बिरामी शय्यामा लम्पसार परेपछि हामीले कसरी फर्काउनु , बिरामी मरेको हेरेर बस्न सकिएन र उपचारमा खटिएका छौँ’’, अर्जुनले भन्नुभयो । दुवैजना स्वास्थ्यकर्मीले सञ्चालन गरेको निजी अस्पतालले कोरोना सङ्क्रमितको उपचार निःस्वार्थ भावले गरिरहँदा नगरपालिका भने मौन बसेको देख्दा आफूहरुलाई आश्चर्य लागेको अमृताले बताउनुभयो ।

    अहिले उनीहरूको निगरानीमा हरिवन, बागमती, लालबन्दीलगायत स्थानबाट आएका १९ जना सङ्क्रमित भर्ना भएका छन् । गम्भीर समस्या भएका आठजना उपचारपश्चात् घर फर्किसकेको अस्पतालले जनाएको छ । सामान्य स्वास्थ्य सुरक्षाको सामग्री समेत नहुँदा असुरक्षित ढङ्गले बिरामीको उपचार गरिरहनु परेको अमृताले दुःखेसो गर्नुभयो । उपचारत बिरामीका लागि बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले अक्सिजन सहयोग गर्नु भएको थियो । अहिले त्यही अक्सिजन प्रयोग भइरहेको छ ।

    निकै अनुरोधपछि हरिवन नगरले पनि चारवटा खाली सिलिन्डर दिएको छ । आफैँ सङ्क्रमित भएका कारण बिरामीको हेरचाह गर्न निकै समस्या हुने गरेको स्वास्थ्यकर्मी यस दम्पतीको भनाइ छ । आफूहरुले सोचेजति सेवा दिन नसके पनि बिरामीहरू अन्यत्र जान नमानेको अमृताले बताउनुभयो । “थप भर्ना नलिने भनेर फर्काउँदा समेत बिरामीहरू अस्पतालको द्वारमा आएर बस्ने गरेको छन्”, उहाँले भन्नुभयो ।बिरामीका लागि अहिले उहाँहरु सारथी जस्तै बन्नुभएको छ ।

    अस्पतालमा बिरामीको सङ्ख्या बढेपछि चिकित्सक र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईलाई निकै अनुरोध गर्दा पनि कुनै चासो नदेखाएको उहाँको भनाइ छ । नगरपालिकाले भने अस्पतालमा राख्नुपर्ने बिरामीलाई आफ्नै स्वास्थ्य कार्यालयस्थित आइसोलेसनमा राखेको जनाएको छ । अस्पताल सञ्चालक अमृता सिएमए हुनुहुन्छ भने उहाँका श्रीमान् अर्जुन ल्याब टेक्निसिएनसँगै जुनिएर इन्ट्रन हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.