सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा हिजो एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण


  •    न्युजभित्तो/२५ जेष्ठ २०७८, मंगलवार १४:४९ 
  • नयाँ दिल्ली, २५ जेठ । भारतमा सोमबार एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ ।

    गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमितको यो संख्या ६३ दिनयताको सव भन्दा कम हो । कोरोना सङ्क्रमण शुरु भएयता यहाँ सङ्क्रमितको जम्मा संख्या २ करोड ९० लाख ९७ हजार १०९ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय मङ्गलबार जानकारी दिएको छ ।

    त्यसैगरी भारतमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केही समययता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

    भारतमा गत २४ घण्टामा २ हजार १२३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ ।

    गत २४ घण्टामा भारतमा १ लाख ८२ हजार २८२ जना सङ्क्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा हालसम्म २ करोड ७३ लाख ४१ हजार ४६२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । , हाल यहाँ १३ लाख ३ हजार ७०२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ तारिखबाट यहाँ कोरोना भाइरसविरुद्ध खोपको अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्ध २३ करोड ६१ लाख ९८ हजार ७२६ डोज खोप लगाइएको छ ।रासस÷सिन्ह्वा

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.