सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राउटे युवतीमाथि दुर्व्यवहार प्रकरण : राउटे बस्ती सिल, प्रहरीले बढायो निगरानी


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १७:१३ 
  • सुर्खेत, २४ जेठ  । गुर्भाकोट नगरपालिका-११ मा बस्दै आइरहेका दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको समाचार सार्वजनिक भएसँगै प्रहरीले राउटे वस्तीमा सुरक्षा कडा बनाएको छ । बाहिरी मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको हो ।

    कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षा बढाउन आफूले निर्देशन दिएको बताए ।

    प्रदेशसभा बैठकमा सहभागी हुन आएका शाहीले भने, ‘अहिले त्यहाँ अन्य कसैलाई पनि प्रवेश गर्न दिइएको छैन ।’
    दुई युवतीमाथि भएको घटना निन्दनीय भएको मुख्यमन्त्रीको भनाइ छ । आफूले दोषीलाई कडा कारवाही गर्न र ती युवती तथा राउटे बस्तीको सुरक्षा गर्न निर्देशन दिएको उनले बताए ।

    मुख्यमन्त्री शाही भन्छन्, ‘अहिले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्रहरी खटाइएको छ ।’
    उनले पीडित दुवै युवतीलाई बचाउन सरकारले सबै योजना अवलम्बन गरिरहेको उल्लेख गरे ।

    ‘अहिले सुरक्षाको योजना लागू गरिसकेका छौं । त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई यहाँ बोलाएको छु । राउटेका मुखियालाई आवश्यक सहयोग गर्ने र युवतीलाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाउने योजना बनाइरहेका छौं । त्यसका लागि युवतीलाई काउन्सिलिङ गर्न तीन सदस्यीय कार्यदल नै खटाएको छु ।’

    उनले अनुसन्धानका नाउँमा विभिन्न संस्थाहरुको लाइन लागेर आइरहेको बताउँदै त्यसले ती दुवै युवतीको ज्यान तलमाथि हुने सम्भावना भएका कारण कसैलाई पनि बस्तीनजिक जान नदिइएको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.