सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओली र नेपाललाई मिलाउन बामदेव सक्रिय, एकताका लागि यस्तो सुत्र तयार


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १५:५० 
  • काठमाडौं, २४ जेठ । नेकपा एमालेको एकता जोगाउन बामदेव गौतम फेरि सक्रिय भएका छन् । उनले एकता पक्षधर नेतहरुसँग नियमित भेटघाट गरेर अभियान बढाएका हुन् ।

    गौतमसँग एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ नियमित भेटघाट गर्दै आएका छन् । कुनैबेला एमालेबाट माले फुट्दा बामदेवको साथमा गएका घनश्याम भुसाल र योगेश भट्टराईका अलावा लामो समय माधवकुमार नेपालनिकटस्थ रहेका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टको पनि भैंसेपाटी ओहोरदोहोर हुने गरेको छ । यी नेताहरुसँगको समन्वयमा गौतमले एमाले फुटबाट जोगाउन सक्रियता बढाइरहेका छन् ।

    एमाले कुनै हालतमा फुट्न दिन नहुने बरु विभिन्न विकल्पमा छलफल गरी सहमति गराउनुपर्ने सुत्रहरु गौतमले तयार गर्दै आएका छन् । उनले विगतमा पनि नेकपा फुट जोगाउन सुत्र नै प्रस्तुत गरेका थिए । यसपटक गौतमकै पहलमा २ जेठ २०७५ को अवस्थामा शर्तसहित केपी शर्मा ओली फर्कन तयार देखिएका हुन् । त्यसका लागि उनले मध्यस्थकताको भूमिका निभाइरहेको बुझिएको छ ।

    विश्वस्त स्रोतका अनुसार २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काउने, ६ महिनाभित्र महाधिवेशन गरी नयाँ पीढीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने, बरु सरकारमा जाँदा या सरकारको महत्वपूर्ण पदमा जाने अवस्थामा अहिलेकै नेताहरु जाने गरी सहमतिको सुत्र गौतमले तयार गरेका छन् । वैकल्पिक नेतृत्वसहित अगाडि बढ्नेबारे गौतमको प्रस्तावमा भित्र भित्रै छलफल बढेको बुझिएको छ ।

    एमाले विभाजन भएमा चुनाव कठिन हुने, एमाले एक्लैले चुनाव लड्दा पनि कठिन हुने निष्कर्ष निकाल्दै माओवादी केन्द्रसँग पनि एकता गरेर बढ्नुपर्नेबारे छलफल बढाइएको छ । एमालेका ४ शिर्ष नेताहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमका अलावा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संरक्षक मानेर एउटै कम्युनिस्ट पार्टी बनाई नेतृत्व हस्तान्तरण गर्ने गरी बढ्न समेत गौतम सुत्रसहित बढेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.