सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकामा हाम्रो दृष्टि राम्रो दृष्टिले गर्यो राहत कार्यक्रम


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १५:२२ 
  • चितवन, २४ जेठ । हाम्रो दृष्टि राम्रो दृष्टि नामक सामाजिक संस्थाले सुरु गरेको “हामी छौ नि” अभियान अन्तर्गतको राहत वितरण कार्यक्रमलाई आज सातौं दिन पनि जारी राखेको छ।
    कालिका नगरपालिका अन्तर्गतका ३,५,६,७ वडामा गरि ४० अति बिपन्न परिवारलाई राहत स्वरुप खाधान्न सामाग्री वितरण गरेको संस्थाका केन्द्रिय सचीव रोहन बगालेले जानकारी दिनुभयो। आजका दिनसम्म संस्थाको राहत वितरण कार्यक्रममा साथ,सहयोग र हौसला प्रदान गर्नुहुने सम्पुर्णलाई बिशेष धन्यवाद व्यक्त गर्दै अबको केही दिनमै चितवन जिल्लाको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिका,रत्ननगर नगरपालिका लगायत भरतपुर कै अन्य वडामा समेत राहत वितरण गरिने संस्थाका केन्द्रीय अध्यक्ष अरुण पौडेलले बताउनुभयो।
    यो महामारीको समयमा कहि कतै भोको पेटमा हुनुभएको छ भने वा गार्हो अप्ठ्यारोमा हुनुहुन्छ भने आफ्नो संस्थालाई सम्झन र आफुहरु सहयोग गर्न तप्पर रहेको संस्थाका केन्द्रिय कार्यक्रम व्यवस्थापक सुरज रेग्मीले जानकारी दिनुभयो ।
    सो राहत वितरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बसन्त गैरे,उपाध्यक्ष सविना न्यौपाने,सह-सचीव तथा संयोजक रविन देवकोटा,सदस्य श्रवण बर्सौला,बिपना शाही ठकुरी लगायत हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिका संयोजक पुरुषोत्तम पुडासैनी,शिक्षाविद्र डा. हरि कंडेल लगायत त्यहाँका स्थानीय जनप्रतिनिधि र समाजसेवी स्थानीय युवाहरुको समेत उपस्तिथि रहेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.