सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वरोजगार बढाउन ‘कोसेली घर’ सञ्चालनको तयारी


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १४:५२ 
  • टिस्टुङ, २४ जेठ । स्थानीय परम्परागत उत्पादनलाई प्रवद्र्धन गरी स्वरोजगार वृद्धि गर्न मकवानपुरको थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी गरिएको छ ।

    कोसेली घरका लागि पूर्वाधार निर्माण भइसकेको र अब कोरोना भाइरसको महामारी कम हुने बित्तिकै थप तयारी गरेर सञ्चालनमा ल्याइने नगरप्रमुख लवशेर विष्टले बताउनुभयो । नगरपालिकाले नगरको स्थानीय सीप र उत्पादन प्रवद्र्धन गर्न आफ्नै पहलमा कोसेली घर निर्माण गरेको हो ।

    वडा नं ४ नयाँगाउँमा निर्मित रुपचन्द्र विष्ट स्मृति भवनमा प्रदेश सरकार समेतको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ । स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजारमा उपलब्ध गराउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताउनुभयो ।

    उहाँका अनुसार कोसेली घरमा नगरपालिकाका स्थानीय घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सेरामिक्स सामग्री, बाँसबाट बनेका सामग्री, क्रिष्टलका गहना, हातले बुनेका स्वेटर, झोलालगायत विभिन्न सामग्री, ‘गिफ्ट’का सामग्री र घरेलु उत्पादित विभिन्न खाद्य सामग्री राखिनेछ । त्यसैगरी कोसेली घरमा नगरको परिचय झल्काउने मौलिक काष्ठकला, नेपाली कागजका हस्तकला, घरबुना कपडाका पुतली, खेलौना, टोपी, टाइचिन चिउरा बिक्री वितरणका लागि राखिनेछन् ।

    धातु तथा ढलौटका कलाकृति, चित्रकला, खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेली घरमा राखिनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.