सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १४:२८ 
  •  काठमाडौं,२४ जेठ । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।

    खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

    कोरोना महामारीले गर्दा करिब १८ महिना रोकिएको एसियाली छनोट फेरि सुरु हुँदा जोर्डनको यो पहिलो खेल हुनेछ । समूह ‘बी’ का खेलहरु न्युट्रल भेन्युको रुपमा कुवेतमा भइरहेको छ ।

    नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ । एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ । तर जोर्डन नेपालभन्दा बलियो टोली हो र अहिलेसम्म नेपालले जोर्डनलाई पराजित गर्न सकेको छैन । छनोटकै अवे खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

    नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए ।

    यसअघि चाइनिज ताइपेईविरुद्ध गरेको अध्ययनले जित सम्भव भएको भन्दै अलमुताइरीले जोर्डनविरुद्ध पनि आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए ।

    अलमुताइरीले खेलाडीको मानसिकता अहिले बदलिएको र नतिजाका लागि खेलाडीको मानसिकताले पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

    जोर्डनका प्रशिक्षक भिटाल बोर्केल्मान्सले नेपाल विरुद्धको खेललाई लिएर सजग छन् । उनले नेपालले इराक र चाइनिज ताइपेई विरुद्ध नेपालले राम्रो खेलेको भन्दै प्रशंसा गरेका थिए ।

    अहिलेसम्म नेपालले जोर्डनसँग तीन पटक खेल्दा जित्न सकेको छैन । त्यसैले नेपालको अन्तिम लक्ष्य पहिलो पटक जोर्डनलाई हराउनु भए पनि त्यो त्यति सहज भने छैन ।

    नेपालले विश्वकप छनोटमै यसअघि जोर्डनसँग उसैको मैदानमा खेल्दा ३–० ले पराजित भएको थियो । ५५ मिनेटसम्म जोर्डनलाई बराबरीमा रोकेपनि त्यसपछि नेपालले पेनाल्टीमा गोल खायो र अन्तिम १२ मिनेटमा थप दुई गोल व्यहोरेको थियो ।

    जोर्डन फिफा वरियतामा नेपालभन्दा ७६ स्थान माथि छ । जोर्डन ९५ औं र नेपाल १७१ औं स्थानमा छन् ।

    नेपालले जोर्डनलाई पराजित गर्न सके यसअघिको हारको बदला मिल्नेछ भने एसियन कप छनोटका लागि अर्को चरणमा पुग्ने बाटो समेत सहज बन्न सक्छ । एसिन कपको अन्तिम चरणको छनोटमा सिधै पुग्न नेपालले जोर्डनलाई हराउनै पर्नेछ । अन्यथा नेपालले अन्तिम चरणको छनोटमा पुग्न पनि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

    जोर्डन ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ भने ६ खेलबाट ६ अंकसहित नेपाल चौथो स्थानमा छ । नेपालले अन्तिम स्थानको चाइनिज ताइपेईलाई दुई पटक पराजित गरेको थियो । तर उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि हरेक समूहको चौथो र पाँचौ स्थानमा हुने टिमको नतिजा गणना हुने छैन । त्यसैले पनि नेपाललाई जोर्डनविरुद्ध अंक जोड्नुपर्ने आवश्यकता छ ।

    समूह ‘बी’ मा जोर्डन ५ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । कुवेत ६ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । यदि नेपालले जोर्डनलाई पराजित गरेमा यसको फाइदा कुवेतलाई पनि हुनेछ । अष्ट्रेलिया ५ खेलमा शतप्रतिशत जितसहित १५ अंक जोडेर शीर्ष स्थानमा छ र एसिया कप छनोट नजिक पुगिसकेको छ । त्यसैले कुवेत र जोर्डन समूहमा दोस्रो भएर एसिया कप छनोट हुने लक्ष्यमा छन् ।

    पछिल्लो पटक जोर्डनसँग अम्मानमा खेल्दा नेपाली टिममा रहेका १० खेलाडी अहिले पनि टिममा छन् ।

    जोर्डनविरुद्ध विगत

    जोर्डनसँग नेपालले अहिलेसम्म ३ खेल खेलेको छ । जसमध्ये दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

    सन् २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा अर्को खेल बराबरीमा सकिएको थियो ।

    २०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो ।

    तर त्यसको पाँच दिनपछि भरत खवासको गोलमा दशरथ रंगशालामा नेपालले जोर्डनसँग १–१ को बराबरी खेलेको थियो । त्यो दुवै खेलमा पूरै समय खेलेका गोलकिपर किरण चेम्जोङ मात्र अहिले नेपाली टिममा छन् ।

    २०२२ को विश्वकप छनोट अन्तर्गत जोर्डनको अम्मानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

    जोर्डनसँग हेड टु हेड

    खेल : ३

    जोर्डन जित : २

    नेपाल जित :०

    बराबरी : १

    विश्वकप छनोट २०११ जुलाई : नेपाल ९–० ले पराजित

    विश्वकप छनोट २०१९ जुलाई : १–१ को बराबरी

    गोलकर्ता : भरत खवास

    विश्वकप छनोट २०२१ अक्टोबर : नेपाल ३–० ले पराजित

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.