सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पौने ३ लाख पूर्वकर्मचारीको पेन्सन अब सिधै खातामा जम्मा हुने


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १४:०९ 
  • काठमाडौं,२४ जेठ । करिव पौने ३ लाख पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब सिधै उनिहरुको खातामा जम्मा हुने भएको छ । यससँगै अब पेन्सन बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको महालेखा नियन्त्रणको कार्यालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

    कार्यालयका अनुसार आइतबारबाट यो प्रणाली शुरु भएको हो । यो प्रणालीबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्र सेवक कर्मचारी प्रत्यक्ष लाभान्वित हुने कार्यालयका प्रवक्ता समेत रहेका सह–महालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेलले सूचनामार्फत जानकारी दिएका हुन् । उनका अनुसार कार्यप्रक्रियामा सरलीकरण र सहजीकरणमा समेत सहयोग पुग्ने भएको छ ।

    विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट खातामा नै रकम जम्मा हुने भएपछि निवृत्तभरण पाउने व्यक्तिले समेत छिटो, छरितो र प्रभावकारी सेवा पाउने भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ
    राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन
    • गुणस्तरीय शिक्षा नै मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ
    • राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट
    • चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • विद्यार्थीका गुनासा सुनेर सम्बोधन गर्ने मन्त्री तामाङको प्रतिबद्धता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.