सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धनुषामा थपियो निषेधाज्ञा


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १४:०० 
  • धनुषा, २४ जेठ । जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिनुभयो ।

    यसअघि जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले यही जेठ २४ गते अर्थात् आज राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । सरकारले हालै जारी गरेको कोभिड—१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ ।

    निषेधाज्ञा उलङ्घन गर्ने र अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ वास्तोलाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाभित्र कोभिड—१९ को नयाँ भेरियन्टको सङ्क्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि सङक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.