सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बस्तीमा जङ्गली हात्तीको उत्पातः तीनवटा घरमा तोडफोड


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १३:१९ 
  • महोत्तरी, २४ जेठ । महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर उत्पात मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरीटोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए ।

    तीन वटा सङ्ख्यामा रहेका हात्तीको समूह अहिले जङ्गल पसेका छन् । बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको चहलपहल बढेपछि सर्वसाधारण डराएका छन् । अब घाँस दाउरा गर्न, बस्तु चराउन र खेतबारी डुल्न जान पनि डरमर्दो भएको सर्वसाधारणको भनाइ छ ।

    महोत्तरी, सर्लाही र धनुषाको उत्तरीभेगका चुरे क्षेत्र नजिकका बस्तीमा वर्सेनी जङ्गली हात्तीको आतङ्क हुँदै आएको छ । चितवन निकुञ्जबाट बहेटिदै हात्ती यता आउने गरेको बताइएको छ । पछिल्ला चार-पाँच वर्षयता महोत्तरीका चुरे नजिकका बस्तीमा तीन वटा नै हात्ती पस्दै आएको हुँदा उही हात्ती वर्सेनी पसेको हुनसक्ने बर्दिबास–३ पाटुका सुदर्शन घिमिरेले बताए । जङ्गली हात्तीले महोत्तरीका खयरमारा, वरडाँडा, गणन्ता, भव्सी, पर्साहीधाप, रजवास, पाटु, सोनापेटी, चेरु र ढुङ्ग्रेसहितका बर्दिबास नगरपालिका र गौशाला नगरपालिकाका वनप्लट नजिकका बस्तीमा उत्पात मच्चाउँदै आएको छ ।

    हात्तीको यही समूहले छिमेकी जिल्ला धनुषाको ढल्केवरमा पछिल्ला चार वर्षबीच दुई जनाको ज्यान लिई सकेको छ । आहाराको खोजीमा भौतारिदै हात्ती बस्ती पस्ने गरेको वन्यजन्तु विज्ञ बताउँछन् ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.