सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोदीलाई ओलीको सन्देश : नेपाल सुरक्षित नभई भारत जोगिदैन, खोपमा नेपाललाई प्राथमिकता दिइयोस्


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १२:३७ 
  • काठमाडौं,२४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अलग राखेर भारतमा मात्र कोरोनाभाइरस महामारी नियन्त्रण हुन नसक्ने बताएका छन् ।

    बीबीसी हिन्दीसँगको संवादमा प्रधानमन्त्री ओलीले भने, ‘भारतमा मात्र नियन्त्रण गर्छु भनेर हुँदैन, नेपालमा पनि नियन्त्रण हुनुपर्छ । किनभने दुबै मुलुकबीच खुला सिमाना छ । बोर्डर सिल गरेपनि मान्छेहरु लुकिछिपी आवतजावत गर्छन् ।’

    महामारी नियन्त्रणको सवालमा भारतले नेपाललाई अन्य देशजस्तो व्यवहार गर्न नहुने पनि ओलीको भनाई छ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अन्य देशजस्तो व्यवहार नेपाललाई नगर्न आग्रह गरे ।

    खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन’ उनले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’

    स्वयम आफ्नो हितको लागि पनि भारतले नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्ने मोदीलाई ओलीको सुझाव छ ।

    खोपलाई लिएर राजनीतिकरण नगर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । ‘ यो समयमा राजनीतिलाई बीचमा ल्याउनु जरुरी छैन । यो खोपको मामिला हो, यसबारे राजनीति गर्नु जरुरी छैन’ उनले भने, ‘दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् । यसका लागि म धन्यवाद दिन चाहन्छु ।’

    विगतमा नेपाल र भारतसँग गलत बुझाइ र असमझदारी रहनेपनि अहिले त्यो हटेको प्रधानमन्त्री ओलीको भनाई छ । ‘अब विगत हैन, चम्किलो भविष्य हेरेर अघि बढ्नु जरुरी छ’ उनले भने, ‘किनभने असमझदारी छिमेकीसँगै हुने हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.