रातको समयमा माछा मार्न गएका बोटेको गोहीको आक्रमणबाट मृत्यु
न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार ११:५५
चितवन, २४ जेठ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा रातको समयमा माछा मार्न गएका एक बोटेको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. २५ का ३५ वर्षिय छन्नुराम बोटे रहेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आईतबार साँझबाट बेपत्ता भएका बोटेको शव आज सोमबार बिहान राप्ती नदीमा शव भेटिएको हो । राती माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिनुभयो । निकुञ्जमा रातीको समयमा माछा मार्नु अवैध मानिन्छ । ईजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाईने व्यवस्था रहेको छ ।