सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बन्दाबन्दीमा वन्यजन्तुको चोरी शिकार


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार ११:३६ 
  • डोटी, २४ जेठ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा वन्यजन्तुको चोरी शिकार बढेको छ । यहाँका ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार हुने गरेको पाइएको छ ।

    वन्यजन्तुको चोरी शिकार व्यापक भएपनि हालसम्म चोरी शिकार नियन्त्रणको प्रभावकारी अभियान सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ । जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनहरुमा खुलेआम रतुवा, बदेंल, घोरल, कालिजलगायतका वन्यजन्तु र बहुमूल्य जडीबुटी समेत तस्करी हुने गरेको उनीहरुको भनाइ छ ।

    यहाँका ग्रामीण क्षेत्रहरुबाट तस्करले जङ्गली जनावरको मासुको सुकुटी बनाई लैजाने गरेको स्थानीयवासीहरु बताउँछन् । वन्यजन्तुको चोरी शिकार हुने गरेको व्यापक जनगुनासो आउने गरेको भएपनि कोरोना कहरका कारण नियन्त्रण तथा रोकथामका लागि टोली खटाउन नसकिएको डिभिजनल वन कार्यालयले जनाएको छ ।

    यहाँको महाभारत श्रृङ्खलाअन्तर्गतको तेलेलेक वन र खप्तड राष्ट्रिय निकुञ्ज आसपासका वनहरुमा चोरी शिकार बढेको सायल गाउँपालिकाका रमेश कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीले सबै ठाउँ बन्द छ, जङ्गलतिर कोही जाँदैनन, अहिले वन्यजन्तु चोरी शिकार गर्न तस्करलाई निकै सजिलो भएको छ ।” केही हप्तादेखि मौलाएको वन्यजन्तु चोरी शिकारका कारण जङ्गली वन्यजन्तु लोप हुने अवस्थामा पुगेको शिखर नगरपालिका–१ नापानीका वासिन्दा यज्ञ बोगटीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “वन्यजन्तुको चोरी शिकारीहरुले खुलेआम रुपमा दैनिक वन्यजन्तु मारिरहेका छन्, रोक्न सकिएको छैन । अब त वन्यजन्तु नै लोप हुने स्थिति आएको छ ।” तस्करहरुले चोरी शिकारीका लागि महिनौँ पहिलेदेखि घरेलु हातहतियारसहित जङ्गलमा निगालोका डोको बुन्ने बहानामा बास बस्ने र शिकार गर्ने गरेको स्थानीयासीहरु बताउँछन् ।

    शिकार गरी मारिएका वन्यजन्तुको मासु यहाँका विभिन्न राजमार्गलगायत सदरमुकामका होटलहरुमा समेत बिक्री वितरण हुने गरेको छ । कर्णाली किनार हुँदै डडेल्धुराको गन्यापधुरादेखि डोटीका विभिन्न स्थानीय तहलाई तेलेलेकको वनले समेटेको छ । चोरी शिकारी बढी हुने क्षेत्रका रुपमा चिनिएको यस वन क्षेत्रलाई जिल्लाको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान शुरु गर्ने बताएको छ ।

    डिभिजन कार्यालयसँग मिलेर चोरी शिकारी नियन्त्रण र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने तथा चोरी शिकारी निरुत्साहित गर्नेसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको शिखर नगरपालिका—१ का वडाध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “तेलेलेकमा हुने वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि हामी योजनाबद्ध तरीकाले अगाडि बढ्ने भएका छौँ, चोरी शिकार गर्नेलाई नियन्त्रणमा लिई कारवाही गरेरै छाड्ने छौँ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.