सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा थप ४ जना कोरोना संक्रमितको निधन


  •    न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार १०:२३ 
  • रूपन्देही,२४ जेठ । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको निधन भएको हो ।

    डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका स्वर्गद्वारी प्युठानमा ६० वर्षीय पुरुषको आइतबार राती पौने ९ मा मृत्यु भएको छ भने जेठ २१ गते भर्ना भएका शारदा १३ सल्यानका ५५ वर्षीय पुरुषको आज बिहान ७ बजे मृत्यु भएको छ ।

    त्यसैगरी जेठ १९ गते भेरी अस्पतालमा भर्ना भएका बंगलाचुली ३ दाङका ५२ वर्षीय पुरुषको आइतबार राती पौने ८ बजे मृत्यु भएको थियो भने हिजै भेरी अस्पताल भर्ना भएका मुसिकोट ७ रुकुम पश्चिमका ६३ वर्षीय पुरुषको पनि आइतबार राती साढे ८ बजे मृत्यु भएको हो ।

    योसँगै बाँकेमा उपचाररत जिल्ला बाहिरका ३१७ जना र जिल्ला भित्रका ३०२ जनाको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.