सामाजिक काम गर्दै वे ग्रुप नेपाल छैठौं वर्षमा प्रवेश
न्युजभित्तो/२४ जेष्ठ २०७८, सोमबार ०६:३९
नारायण सापकोटा
विषय प्रवेश सामाजिक सेवा गर्ने उद्देश्यले स्वतःस्फुर्त रुपमा २०७३ साल जेठ २४ गतेदेखि जन्म भएको वे ग्रुप नेपाल छैठौं वर्षमा प्रवेश गरेको छ । वे ग्रुपका अभियन्ताहरुको लगाव, स्थानीय सरकार, सामाजिक संघ संस्था र समाजसेवीहरुको सद्भाव र रचनात्मक सहयोगका कारण आज वे ग्रुप नेपाल अहिलेको अवस्थासम्म आएको छ । वे ग्रुपलाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान गर्ने सबै धन्यवादका पात्र हुन् । उहाँहरुको योगदानलाई सबैले उच्च मूल्याङ्कन गरेका छन् भने वे ग्रूपका कार्यहरु सामाजिक सेवाका उच्चतम् नमूनाका रुपमा प्रस्तुत भएका छन् । हप्ताको एक दिन एक छिन समाजको लागि भन्ने मूल नाराका साथ हप्ताको हरेक सोमबार बिहान १ घण्टा गरिरहेको काम समाज सेवामा लाग्नेहरुका लागि अनुकरण योग्य बनेको छ । हरेक हप्ता गरिने वे ग्रुपको सरसफाई श्रृङ्खला यो लेख तयार पार्दासम्म २३८ पुगेको छ । वे ग्रुपमा आवद्ध युवाहरुले हप्तामा एक घण्टा सामाजिक विकासका कार्य गर्न सकियो भने पनि समाजमा सकारात्कम परिवर्तन गर्न सकिन्छ भन्ने विषयको अनुकरणीय नमूना प्रस्तुत गर्न सफल भएका छन् ।
वे ग्रुपको परिचय वे ग्रुप विकासप्रेमी युवाहरुको समूह हो । युवाहरुको सामाजिक जागरणले समाजमा सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यले सरसफाइको कार्यक्रम सञ्चालन गरिरहेका युवाहरु वे मा आवद्ध छन् । अङ्ग्रेजीमा WAY अर्थात WE ARE YOUTH को छोटो रुप नै वे हो । यसले समाजिक विकासको लागि युवाहरुलाई एकतावद्ध गराएर अगाडि बढाउने काम गरेको छ । समाजको विकासमा समाजका सदस्य नै बढी जिम्मेवार हुनुपर्छ भन्ने चेतवाको विकास गराउँदै सामाजिक कामहरु गरिरहेको छ ।
वे ग्रुपको गठन समाजमा बढदै गएको फोहोर व्यवस्थापनका साथै समाजमा विकसित भएका सामाजिक विकृतिहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ २०७३ साल जेठ २४ गते वे ग्रुप लेपालको जन्म भएको हो । संस्था दार्ता गरेर पदिय भागबण्डामा जानुभन्दा स्वतःस्फूर्त रुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताले वे ग्रुपको गठन भएको हो । शुरुवातको समयमा कुनै पदको व्यवस्था नभएतापनि सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्नको लागि संस्था औपचारिक रुपमा दर्ता गर्नुपर्ने भएको कारणले २०७६ असार १५ गते विधिवत् रुपमा दर्ता भएको छ । यसमा सामाजिक विकासको भावना भएकाहरुको सहभागिता रहेको छ । समाजको लागि मैले पनि केही गर्न सक्छु भन्ने भावना भएका जो सुकै पनि वे को अभियानमा सरिक हुन सक्नेछन् । यसमा कुनै प्रकारको भेदभाव , बन्देज र विभेद रहेको छैन । यसको उद्देश्य नै सामाजिक विकासको चेतना वृद्धि गरी सबैलाई समाजप्रति जिम्मेवार नागरिक बनाउने रहेको छ ।
वे ग्रुपको काम गर्ने शैली वे ग्रुपले हरेक सोमवार बिहान ७ बजेदेखि ८ बजेसम्म सरसफाई सम्वन्धी काम गर्दै चेतना विस्तार गरिरहेको छ । सरसफाई कार्यक्रमको लागि आवश्यक पर्ने सामग्रीहरु सहभागीहरु आफैले रकम उठाएर पनि जुटाएका छन् भने कसैले खुशीले सहयोग पनि गरेका छन् । सहयोगबाट कोदाली, बेल्चा, खुर्पा , कुचाहरु, किन्ने गरिएको छ । वे को कामबाट प्रभावित भएर टि–सर्ट, डष्टविन, माक्स, पञ्जाका साथै प्राथमिक उपचारका सामाग्रीहरु पनि उपलब्ध भएका छन् । वे को काम सहयोग खोज्ने भन्दा पनि समाजिक काममा सबैलाई सरिक गराउने भएको हुनाले आवश्यक पर्ने कामको लागि केही सहयोग आवश्यक परेमा वे ग्रुपमा सहभागी भएकाहरुले नै उठाएर काम गरेका छन् । रकम सङ्कलन गर्नेतर्फ वे को ध्यान गएको छैन् । टाढा गएर सरसफाइका काम गर्नु परेमा पनि आफ्नै सवारी साधन प्रयोग गरेर जाने गरेका छन् । वे ग्रुपको काम गर्ने शैलीका कारण समाजमा सामाजिक भावनाको विकास भएको छ । बालबालिकामात्र नभएर बुढापाकाहरु पनि वे ग्रुपको अभियानमा सहभागी हुने गरेका छन् । अचम्म के छ भने कोही व्यस्तताले सोमवारको अभियानमा सहभागी नभएपनि किन नआएको भनेर कसैले कसैलाई प्रश्न गरेको पाइदैन । सामाजिक काममा सबैले एकै समयमा काम गर्न कठिन पनि हुन्छ भन्ने विषयमा वे ग्रुपका सदस्यहरुले राम्रोसँग बुझेका छन् । कुनै सोमवार सहभागी कम भयो भनेर काम रोकिएको छैन् । पुसको कठ्याङ्ग्रिने जाडोमा पनि वे का काम निरन्तर अगाडि बढेका छन् । सहभागीहरु पनि थपिंदै गएका छन् । वे ग्रुपले सरसफाई सम्वन्धि शुरु गरेको अभियानले सबैलाई आकर्षित गरेको छ ।
वे ग्रुपले गरेका कामहरु वे ग्रुपले विशेषगरी सरसफाई , चेतना विस्तार र मानवीय सेवाका कार्यक्रमहरु गर्दै आएको छ । वरपरका सामुदायिक विद्यालयहरु, मठ मन्दिरहरु ,बाटो, सवारी चाप बढी भएका चोकहरु,सामाजिक संघ संस्थाका कार्यालय परिसरहरु, सरकारी कार्यालय लगायतका स्थानहरुमा सरसफाइ गर्ने काम गरेको छ । सरसफाई गर्ने विभिन्न ठाउँहरुमा फोहोर व्यवस्थापन गर्नको लागि डष्ट विनहरु वितरण गरी सम्वन्धित मानिसलाई संरक्षणको जिम्मा दिने काम पनि गरेको छ । सडकमा अनावश्यक रुपमा बढेको झाडी फँडानी गरी सडक मिचेर खेती गर्नेहरुलाई पनि सडकको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह पनि गरेको छ । यति मात्र होइन वृक्षरोपण, प्राकृतिक विपत्तिमा सहयोग ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतना लगायत मानवीय सेवा र परोपकारका कार्यहरु गर्दै आएको छ ।
वे ग्रुपको कार्यशैली वे ग्रुपमा आवद्ध युवाहरुले आफ्नो सञ्जाल बनाएका छन् । कुनै पनि जानकारी वा खबर गर्नु परेमा वे ग्रुपको सञ्जालमा खबर गरेपछि वेमा आवद्ध सबैमा अबर पुग्छ । कुनै पनि बिरामीलाई तत्काल रगतको आवश्यकता परेमा वे ग्रुपमा खवर गरेमा ग्रुप मिलेको छ भने अस्पतालमै गएर युवाहरुले रक्तदान समेत गरेका छन् । यति मात्र होइन कुनै पनि असहाय र असक्तहरुलाई समेत वे ग्रुपमा आवद्ध युवाहरुले सामुहिक रुपमा सहयोग पनि गरेर मानवीय सेवाको उच्चतम् नमूना प्रस्तुत गरेका छन् । समाजको समस्या बनेको जुवा, तास, जाँड रक्सी नियन्त्रण गर्ने विषयमा पनि वे ग्रुपमा आबद्ध युवाहरुले चेतना विस्तार गरी सामाजिक समस्या समाधान गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । जसका कारण वे को कामबाट प्रभावित क्षेत्रमा दुव्यर्शनीको नियन्त्रणमा पनि सघाउ पुगेको छ । भरतपुर एक बगैचा कार्यक्रममा पनि वे ग्रुप नेपाल अग्रपंतिमा रहेर काम गरिरहेको छ ।
वे ग्रुपका भावी योजना वे ग्रुप भनेको समाजमा चेतना विस्तार गरी सामाजिक विकासमा सबैलाई सरिक गराउन पहल गर्ने विकासप्रेमीहरुको समूह भएको हुनाले विभिन्न प्रकारका विकृति र विसङ्गतिका विरुद्धमा आवाज उठाउने नै मुख्य योजना हो । कसैले एक्लै समाजको विकास गर्न सक्दैन त्यसैले सामाजिक विकासमा सबै सरिक हुने वातावरण तयार गर्दै जानु नै वे ग्रुपको लक्ष्य हो । विशेष गरी लङ्कु क्षेत्रबाट शुरु गरिएको योजना भएको हुनाले यसलाई नमूना क्षेत्रको रुपमा विकास गरी जिल्ला बाहिर पनि स्थानीयसँग समन्वय गरी सरसफाइका कार्यहरु अगाडि बढाउने वे को लक्ष्य हो । वे ग्रुपको कार्यबाट प्रभावित भएर चितवनक लगायत देशका विभिन्न स्थानमा सरसफाई योजना नियमित रुपले अगाडि बढेको छन् । यस्ता कार्यहरु हरेक टोल टोलमा सञ्चालन हुन भन्ने वे ग्रुपको चाहना हो ।
निष्कर्ष वे ग्रुपका कार्यहरु समाजको लागि अनुकरणीय रहेका छन् । यसलाई आगामी दिनहरुमा निरन्तरता कसरी दिने भन्ने विषयमा सोच्नु जरुरी छ । किनभने कामको शुरुवात गर्न सजिलो छ तर त्यसलाई लामो समयसम्म निरन्तरता दिन कठिन नै हुन्छ । निरन्तर सामाजिक कार्यहरु गर्र्दै वे ग्रुप नेपाल यो अवस्थासम्म आएको छ । अवका दिनमा सामाजिक कार्यहरुलाई कसरी अगाडि बढाउने भन्ने चुनौती पनि रहेको छ । त्यसको लागि लागि वे ग्रुपका भावी योजना स्पष्ट रुपमा आउनुपर्छ । विकासको लागि एउटै प्रकारका काम भन्दा परिमार्जन गर्दै रुचिपूर्ण र सहभागितामुलक कार्यतर्फ ध्यान जानुपर्छ । सामाजिक कार्यहरु सामाजिक संघ संस्था र सरकारी निकायसँग समन्वय गरी अगाडि बढाउनुपर्छ ।
वे ग्रुपका कार्यले समाज विकासमा महत्वपूूर्ण योगदान मिलेको छ । आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सामाजिक विकासमा काम गर्ने सरकारी निकायहरुले विकासप्रति अग्रसर युवाहरुको कार्यलाई सम्मान गर्दै सहकार्यको वातावरण बनाउनुपर्छ ।
नारायण सापकोटा
विषय प्रवेश
सामाजिक सेवा गर्ने उद्देश्यले स्वतःस्फुर्त रुपमा २०७३ साल जेठ २४ गतेदेखि जन्म भएको वे ग्रुप नेपाल छैठौं वर्षमा प्रवेश गरेको छ । वे ग्रुपका अभियन्ताहरुको लगाव, स्थानीय सरकार, सामाजिक संघ संस्था र समाजसेवीहरुको सद्भाव र रचनात्मक सहयोगका कारण आज वे ग्रुप नेपाल अहिलेको अवस्थासम्म आएको छ । वे ग्रुपलाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान गर्ने सबै धन्यवादका पात्र हुन् । उहाँहरुको योगदानलाई सबैले उच्च मूल्याङ्कन गरेका छन् भने वे ग्रूपका कार्यहरु सामाजिक सेवाका उच्चतम् नमूनाका रुपमा प्रस्तुत भएका छन् । हप्ताको एक दिन एक छिन समाजको लागि भन्ने मूल नाराका साथ हप्ताको हरेक सोमबार बिहान १ घण्टा गरिरहेको काम समाज सेवामा लाग्नेहरुका लागि अनुकरण योग्य बनेको छ । हरेक हप्ता गरिने वे ग्रुपको सरसफाई श्रृङ्खला यो लेख तयार पार्दासम्म २३८ पुगेको छ । वे ग्रुपमा आवद्ध युवाहरुले हप्तामा एक घण्टा सामाजिक विकासका कार्य गर्न सकियो भने पनि समाजमा सकारात्कम परिवर्तन गर्न सकिन्छ भन्ने विषयको अनुकरणीय नमूना प्रस्तुत गर्न सफल भएका छन् ।
वे ग्रुपको परिचय
वे ग्रुप विकासप्रेमी युवाहरुको समूह हो । युवाहरुको सामाजिक जागरणले समाजमा सकारात्मक परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्यले सरसफाइको कार्यक्रम सञ्चालन गरिरहेका युवाहरु वे मा आवद्ध छन् । अङ्ग्रेजीमा WAY अर्थात WE ARE YOUTH को छोटो रुप नै वे हो । यसले समाजिक विकासको लागि युवाहरुलाई एकतावद्ध गराएर अगाडि बढाउने काम गरेको छ । समाजको विकासमा समाजका सदस्य नै बढी जिम्मेवार हुनुपर्छ भन्ने चेतवाको विकास गराउँदै सामाजिक कामहरु गरिरहेको छ ।
वे ग्रुपको गठन
समाजमा बढदै गएको फोहोर व्यवस्थापनका साथै समाजमा विकसित भएका सामाजिक विकृतिहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ २०७३ साल जेठ २४ गते वे ग्रुप लेपालको जन्म भएको हो । संस्था दार्ता गरेर पदिय भागबण्डामा जानुभन्दा स्वतःस्फूर्त रुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताले वे ग्रुपको गठन भएको हो । शुरुवातको समयमा कुनै पदको व्यवस्था नभएतापनि सामाजिक संघ संस्थाहरुसँग सहकार्य गर्नको लागि संस्था औपचारिक रुपमा दर्ता गर्नुपर्ने भएको कारणले २०७६ असार १५ गते विधिवत् रुपमा दर्ता भएको छ । यसमा सामाजिक विकासको भावना भएकाहरुको सहभागिता रहेको छ । समाजको लागि मैले पनि केही गर्न सक्छु भन्ने भावना भएका जो सुकै पनि वे को अभियानमा सरिक हुन सक्नेछन् । यसमा कुनै प्रकारको भेदभाव , बन्देज र विभेद रहेको छैन । यसको उद्देश्य नै सामाजिक विकासको चेतना वृद्धि गरी सबैलाई समाजप्रति जिम्मेवार नागरिक बनाउने रहेको छ ।
वे ग्रुपको काम गर्ने शैली
वे ग्रुपले हरेक सोमवार बिहान ७ बजेदेखि ८ बजेसम्म सरसफाई सम्वन्धी काम गर्दै चेतना विस्तार गरिरहेको छ । सरसफाई कार्यक्रमको लागि आवश्यक पर्ने सामग्रीहरु सहभागीहरु आफैले रकम उठाएर पनि जुटाएका छन् भने कसैले खुशीले सहयोग पनि गरेका छन् । सहयोगबाट कोदाली, बेल्चा, खुर्पा , कुचाहरु, किन्ने गरिएको छ । वे को कामबाट प्रभावित भएर टि–सर्ट, डष्टविन, माक्स, पञ्जाका साथै प्राथमिक उपचारका सामाग्रीहरु पनि उपलब्ध भएका छन् । वे को काम सहयोग खोज्ने भन्दा पनि समाजिक काममा सबैलाई सरिक गराउने भएको हुनाले आवश्यक पर्ने कामको लागि केही सहयोग आवश्यक परेमा वे ग्रुपमा सहभागी भएकाहरुले नै उठाएर काम गरेका छन् । रकम सङ्कलन गर्नेतर्फ वे को ध्यान गएको छैन् । टाढा गएर सरसफाइका काम गर्नु परेमा पनि आफ्नै सवारी साधन प्रयोग गरेर जाने गरेका छन् । वे ग्रुपको काम गर्ने शैलीका कारण समाजमा सामाजिक भावनाको विकास भएको छ । बालबालिकामात्र नभएर बुढापाकाहरु पनि वे ग्रुपको अभियानमा सहभागी हुने गरेका छन् । अचम्म के छ भने कोही व्यस्तताले सोमवारको अभियानमा सहभागी नभएपनि किन नआएको भनेर कसैले कसैलाई प्रश्न गरेको पाइदैन । सामाजिक काममा सबैले एकै समयमा काम गर्न कठिन पनि हुन्छ भन्ने विषयमा वे ग्रुपका सदस्यहरुले राम्रोसँग बुझेका छन् । कुनै सोमवार सहभागी कम भयो भनेर काम रोकिएको छैन् । पुसको कठ्याङ्ग्रिने जाडोमा पनि वे का काम निरन्तर अगाडि बढेका छन् । सहभागीहरु पनि थपिंदै गएका छन् । वे ग्रुपले सरसफाई सम्वन्धि शुरु गरेको अभियानले सबैलाई आकर्षित गरेको छ ।
वे ग्रुपले गरेका कामहरु
वे ग्रुपले विशेषगरी सरसफाई , चेतना विस्तार र मानवीय सेवाका कार्यक्रमहरु गर्दै आएको छ । वरपरका सामुदायिक विद्यालयहरु, मठ मन्दिरहरु ,बाटो, सवारी चाप बढी भएका चोकहरु,सामाजिक संघ संस्थाका कार्यालय परिसरहरु, सरकारी कार्यालय लगायतका स्थानहरुमा सरसफाइ गर्ने काम गरेको छ । सरसफाई गर्ने विभिन्न ठाउँहरुमा फोहोर व्यवस्थापन गर्नको लागि डष्ट विनहरु वितरण गरी सम्वन्धित मानिसलाई संरक्षणको जिम्मा दिने काम पनि गरेको छ । सडकमा अनावश्यक रुपमा बढेको झाडी फँडानी गरी सडक मिचेर खेती गर्नेहरुलाई पनि सडकको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह पनि गरेको छ । यति मात्र होइन वृक्षरोपण, प्राकृतिक विपत्तिमा सहयोग ट्राफिक प्रहरीसँगको सहकार्यमा सचेतना लगायत मानवीय सेवा र परोपकारका कार्यहरु गर्दै आएको छ ।
वे ग्रुपको कार्यशैली
वे ग्रुपमा आवद्ध युवाहरुले आफ्नो सञ्जाल बनाएका छन् । कुनै पनि जानकारी वा खबर गर्नु परेमा वे ग्रुपको सञ्जालमा खबर गरेपछि वेमा आवद्ध सबैमा अबर पुग्छ । कुनै पनि बिरामीलाई तत्काल रगतको आवश्यकता परेमा वे ग्रुपमा खवर गरेमा ग्रुप मिलेको छ भने अस्पतालमै गएर युवाहरुले रक्तदान समेत गरेका छन् । यति मात्र होइन कुनै पनि असहाय र असक्तहरुलाई समेत वे ग्रुपमा आवद्ध युवाहरुले सामुहिक रुपमा सहयोग पनि गरेर मानवीय सेवाको उच्चतम् नमूना प्रस्तुत गरेका छन् ।
समाजको समस्या बनेको जुवा, तास, जाँड रक्सी नियन्त्रण गर्ने विषयमा पनि वे ग्रुपमा आबद्ध युवाहरुले चेतना विस्तार गरी सामाजिक समस्या समाधान गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । जसका कारण वे को कामबाट प्रभावित क्षेत्रमा दुव्यर्शनीको नियन्त्रणमा पनि सघाउ पुगेको छ । भरतपुर एक बगैचा कार्यक्रममा पनि वे ग्रुप नेपाल अग्रपंतिमा रहेर काम गरिरहेको छ ।
वे ग्रुपका भावी योजना
वे ग्रुप भनेको समाजमा चेतना विस्तार गरी सामाजिक विकासमा सबैलाई सरिक गराउन पहल गर्ने विकासप्रेमीहरुको समूह भएको हुनाले विभिन्न प्रकारका विकृति र विसङ्गतिका विरुद्धमा आवाज उठाउने नै मुख्य योजना हो । कसैले एक्लै समाजको विकास गर्न सक्दैन त्यसैले सामाजिक विकासमा सबै सरिक हुने वातावरण तयार गर्दै जानु नै वे ग्रुपको लक्ष्य हो । विशेष गरी लङ्कु क्षेत्रबाट शुरु गरिएको योजना भएको हुनाले यसलाई नमूना क्षेत्रको रुपमा विकास गरी जिल्ला बाहिर पनि स्थानीयसँग समन्वय गरी सरसफाइका कार्यहरु अगाडि बढाउने वे को लक्ष्य हो । वे ग्रुपको कार्यबाट प्रभावित भएर चितवनक लगायत देशका विभिन्न स्थानमा सरसफाई योजना नियमित रुपले अगाडि बढेको छन् । यस्ता कार्यहरु हरेक टोल टोलमा सञ्चालन हुन भन्ने वे ग्रुपको चाहना हो ।
निष्कर्ष
वे ग्रुपका कार्यहरु समाजको लागि अनुकरणीय रहेका छन् । यसलाई आगामी दिनहरुमा निरन्तरता कसरी दिने भन्ने विषयमा सोच्नु जरुरी छ । किनभने कामको शुरुवात गर्न सजिलो छ तर त्यसलाई लामो समयसम्म निरन्तरता दिन कठिन नै हुन्छ । निरन्तर सामाजिक कार्यहरु गर्र्दै वे ग्रुप नेपाल यो अवस्थासम्म आएको छ । अवका दिनमा सामाजिक कार्यहरुलाई कसरी अगाडि बढाउने भन्ने चुनौती पनि रहेको छ । त्यसको लागि लागि वे ग्रुपका भावी योजना स्पष्ट रुपमा आउनुपर्छ । विकासको लागि एउटै प्रकारका काम भन्दा परिमार्जन गर्दै रुचिपूर्ण र सहभागितामुलक कार्यतर्फ ध्यान जानुपर्छ । सामाजिक कार्यहरु सामाजिक संघ संस्था र सरकारी निकायसँग समन्वय गरी अगाडि बढाउनुपर्छ ।
वे ग्रुपका कार्यले समाज विकासमा महत्वपूूर्ण योगदान मिलेको छ । आगामी दिनमा अझै प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सामाजिक विकासमा काम गर्ने सरकारी निकायहरुले विकासप्रति अग्रसर युवाहरुको कार्यलाई सम्मान गर्दै सहकार्यको वातावरण बनाउनुपर्छ ।