सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १६:५६ 
  • चितवन, २३ जेठ । भरतपुरमा सात वर्षिया बालिका बलात्कृत भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ तिर भरतपुर महानगरपालिका–५ स्थित माछापुच्छ्रे चोक नजिकै घरमै रहेकी बालिकालाई भरतपुरमा बस्दै आइरहेका अन्दाजी ३८ वर्षका दीपक राईले बलात्कार गरेको आरोप लागेको हो ।

    उनलाई प्रहरीले आज आइतबार विहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बलात्कारको आरोपमा ती पुरुषलाई पक्राउ गरिएको  जानकारी दिननुभयो । उहाँले भन्नुभयो “पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ, बालिकाको मेडिकल रिपोर्ट आएपछि अनुसन्धानले थप गति लिन्छ ।” उहाँले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिनुभयो ।

    घरमा बालिकाका १० वर्षीय दाजु र आमा बसोबास गर्दै आइरहेका थिए । शनिबार साँझ आमा माइत गएको बेलामा घरमा पुगेका राइले बालकलाई बिस्कुट किन्न पठाएर बालिकालाई बलात्कार गरेको उनकाआफन्तले  जानकारी दिए । उनका आफन्तले भने “राइ अन्य बेला पनि घरमा गइरहदो रहेछ, शनिबार घरमा कोही नभएको बेला बलात्कार गरेछ । उनले दोषीमाथि कडा कारवाही हुनुपर्ने माग राखे । बालिकाले विहानैदेखि बान्ता गरेपछि आफन्तले घटना बारे थाहा पाएका थिए ।

    बालिकाका आफन्तका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा बालिकाको पाठेघरमा रगत जमेको देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.