सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम पदार्थमा २ रुपैयाँले मूल्यवृद्धि


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार १२:०३ 
  • चितवन, २३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निषेधाज्ञाकै समयमा यो दोस्रोपटक मूल्य बढाएको हो ।

    निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।

    समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगको छ ।

    सरकारको सहमतिमा निगमले दोस्रोपटक इन्धनको मूल्य बढाएको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको अवस्थामा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार बिक्री मूल्य समायोजन गर्दै आएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

    मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा पाँच रुपैयाँ ३२ पैसा, डिजलमा तीन रुपैयाँ १७ पैसा, खाना पकाउने एलपी ग्यासमा २५८ रुपैयाँ ४६ पैसा घाटा हुने जनाएको छ ।

    जेठ १८, २०७८ मा पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार प्राप्त नयाँ मूल्य अनुसार निषेधाज्ञाको समयमा भएको बिक्री परिणामलाई हिसाब गर्दा १५ दिनमा मात्रै निगमलाई करिब ७१ करोड घाटा हुने अवस्था देखिन्छ भने अन्य सामान्य अवस्थाको बिक्री अनुसार हिसाब गर्ने हो भने निगमलाई करिब ९३ करोड घाटा हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.