सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार ११:५२ 
  • काठमाडौँ, २३ जेठ । सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गर्नुभएको छ ।

    उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उहाँले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गर्नुभएको छ । यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

    “मुलुकलाई अराजकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई बिथोल्ने आदि दुष्प्रयत्न हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र-बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ”, महासचिव पोखरेलले आज जारी गर्नुभएको अपिलमा भनिएको छ, “यस्तो बेलामा सिङ्गो राष्ट्रले आम नेपाली जनताप्रति सुदृढ र जनआधारित एमालेप्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ, यो आवश्यकतालाई पूरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ, यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थकलाई गोलबद्ध हुन अनुरोध गर्दछु ।”

    नेता पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहनुभएको थियो । उक्त अवधिलाई आफूले राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको उल्लेख गर्दै उहाँले जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले मार्गदर्शन गर्नुभएको स्मरण गर्नुभयो ।

    महासचिव पोखरेलले यसबीच सरकारमा रहेका बेला आफूबाट भएका सबै काम सम्बन्धित ठाउँमा औपचारिक अभिलेखीकरण भएको र तिनले आजमात्र नभएर आवश्यक पर्दा पछिपछिसम्म पनि सबैलाई यथार्थ बताइरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ सङ्क्रमणको महामारीका समयमा उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा संयोजकका हिसाबले भूमिका खेल्ननुभएको थियो ।

    उहाँले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक रु चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको र राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको जानकारी दिँदै उक्त अवधिमा पार्टीको कोषमा रु छ लाख पाँच हजार जम्मा गराइएको अवगत गराउनुभयो । यसअघि निवर्तमान परराष्ट्रमन्त्री तथा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले मन्त्री हुँदाको अवधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.