लायन्सको ईन्टरनेशनल डाईरेक्टर इन्डोर्समा बालकृष्ण बुर्लाकोटी निर्वाचित
न्युजभित्तो/२२ जेष्ठ २०७८, शनिबार १४:५३
चितवन, २२ जेठ । लायन्स क्लब ईन्टरनेशनल मल्टिपल डिष्ट्रिक ३२५ को ईन्टरनेशनल डाईरेक्टर इन्डोर्समा बालकृष्ण बुर्लाकोटी निर्वाचित हुनु भएको छ । शुक्रबार र शनिबार अनलाईनमार्फत् सम्पन्न अधिवेशनले बुर्लाकोटीलाई निर्वाचित गरेको हो ।
मल्टिपल डिष्ट्रिक ३२५ मा डिष्ट्रिक ए वान, ए टु, बि वान, बि टु पर्दछन् । आज भएको निर्वाचनमा बुर्लाकोटीले १६४४ मत अर्थातन् ५८.०१ प्रतिशत मत प्राप्त गरी बिजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी खगेन्द्र सिटौलाले ११९० मत अर्थात् ४१.९९ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
यसैगरी अधिवेशनले विधान संशोधनको पक्षमा २७९७ मत अर्थातन् ९८.६९ प्रतिशत र विपक्षमा ३७ मत अर्थात् १.३१ प्रतिशत परेको छ । यसैरी रिडिष्ट्रिट्रिङ्गको पक्षमा २७५८ मत अर्थात् ९७.२ प्रतिशत र ७६ मत अर्थात् २.८ प्रतिशत मत विपक्षमा परेको छ ।
निर्वाचनमा २ हजार ९८२ जना मतदाता मध्ये २ हजार ८३४ मत खसेको थियो ।