सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल बन्यो समूह ‘ए’ को विजेता


  •    /२१ असार २०७६, शनिबार ०९:५८ 
  • काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ।

    नेपालले सिंगापुरलाई ३२७ रनको फराकिलो लक्ष्य दिएको थियो । सिंगापुरले ३९ ओभर १ बलमा पूरै विकेट गुमाउँदै मात्र १०९ रन बनाउन सक्यो । सिंगापुरका लागि हरी कुकर्जाले सर्वाधिक ३० रन बनाए । त्यस्तै कान्नुसले २४ रन जोड्दा चन्द्रमुली श्रीदेवले २३ रनको योगदान गरे ।
    बलिङतर्फ नेपालका लागि कुशल मल्लले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक राजभण्डारीले दुई विकेट लिँदा रसिद खान र सागर ढकालले समान एक–एक विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनाएको थियो । नेपालका लागि रित गौतमले शतकीय पारी खेले । १३७ बल खेलेका उनले १० चौका र एक छक्काको सहयोगमा ११५ रन बनाए । रितको यो प्रतियोगिताको पहिलो शतक हो ।

    त्यस्तै नेपालका खड्क बोहोरा र कुशल मल्लले अर्धशतकीय पारी खेले । ९० बल खेलेका उनले १२ चौकाको सहयोगमा ९० रन बनाए । २३ बल खेलेका कुशलले ४ चौका र ५ चक्काको सहयोगमा ५१ रनको योगदान गरे ।

    नेपालका लागि पवन शर्राफले ४५ रन बनाए । बलिङतर्फ सिंगापुरका लागि पर्नभ कृष्ण र भिनित मेहेतले समान दुई–दुई विकेट लिए । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.