सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापान नजान भन्दै अमेरिकाले जारी गर्‍यो एडभाइजरी


  •    न्युजभित्तो/११ जेष्ठ २०७८, मंगलवार १५:४४ 
  • काठमाडौँ, ११ जेठ । गत वर्ष स्थगित भएको ओलम्पिक खेल आयोजनाको मिति नजिकिँदै छ । टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुने तय छ ।

    तर प्रतियोगिताको पूर्वसन्ध्यामा अमेरिकाले आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान चेतावनी दिँदै एडभाइजरी जारी गरेको छ ।

    अमेरिकी विदेश मन्त्रालयबाट ‘लेभल फोर’ एडभाइजरी जारी भएका देशमा जापान एक्लो भने होइन । यसअघि श्रीलंका, भारत, मेक्सिको, ब्राजिल र टर्कीमा पनि घुम्न नजाने सुझाव दिदैं अमेरिकाले यस्तै एडभाइजरी जारी गरेको थियो ।
    त्यसो त, महामारी अवधिभर नै अमेरिकीहरुको लागि जापान बन्दजस्तै छ । केही सिमित अवस्थामा मात्रै अमेरिकीहरु जापान छिर्न पाउँछन् ।

    गत मार्चमा लकडाउन खुलेयता कोभिड १९ संक्रमणका घटनाहरु जापानमा निरन्तर बढ्दो छ । एशियाका अन्य देशको दाँजोमा जापानमा खोप लगाउने काम पनि निकै कम भइरहेको छ । सिरिन्ज र स्वास्थकर्मीहरुको कमीका कारण यस्तो अवस्था निम्तिएको हो । केवल २ प्रतिशत जापानीले मात्रै कम्तिमा खोपको एक डोज लिन पाएका छन् ।

    खोप कार्यक्रमलाई तिव्र बनाउनका लागि सरकारले ओसाका र टोकियोमा खोप केन्द्र स्थापना गर्ने योजना बनाएको छ । जापानमा गत मेइ २१ मा मोर्डना र एस्ट्रेजेनेकाको खोपले स्वीकृति पाएको थियो ।

    जापानमाथि फेरि एकपटक ओलम्पिक खेल स्थगित गर्नुपर्ने दबाब बढ्दो छ । टोकियो स्थित झन्डै ६ हजार चिकित्सकहरुको संख्या द टोकियो मेडिकल प्राक्टिस्नर्स एशोसियसनले भर्खरै मात्र ओलम्पिक स्थगित गर्नुपर्ने मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । यस ज्ञापनपत्रमा ३ लाख ५० हजार जनाभन्दा धेरैको हस्ताक्षर थियो ।

    जापानको चर्चित ई–कमर्श कम्पनी राकुटेनका सिईओले महामारीको समय ओलम्पिक आयोजना गर्नु आत्मघाती मिशन हुनसक्ने चेतावनी दिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.