सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी


  •    /१७ असार २०७६, मंगलवार २१:२४ 
  • काठमाडौँ । पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल हुनुभएको छ ।

    नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकूदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम स्पर्धामा युकेशले नेपाललाई रजत पदक दिलाउनुभएको थियो । उहाँ एशियाडमा नेपाललाई २० वर्षपछि रजत दिलाउँदा पाँचमध्येका प्रमुख खेलाडी हुनुहुन्थ्यो । वर्षको उत्कृष्ट पुरुष विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, जुडोका इन्द्रबहादुर राई र गल्फका शुक्रबहादुर राई मनोनयनमा पर्नुभएको थियो ।

    त्यस्तै वर्षको उत्कृष्ट महिला घोषित हुने फुटबलकी सावित्राले भारतमा भएको अन्तराष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यतिबेला नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो । नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन उनको भूमिका महत्वपूर्ण थियो । उनको विधामा भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी नीमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ मनोनयनमा परेका थिए ।

    वर्ष उत्कृष्ट पुरुषमा विजयी प्याराग्लाइडिङका युकेश गुरुङ ट्रफीको साथमा ।

    वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि एथलेटिक्सका अजितकुमार यादवले पाए । हङकङमा भएको तेस्रो एशियन युथ एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा यादवले नेपाललाई कीर्तिमानी स्वर्णपदक दिलाएका थिए ।

    युवा खेलाडीमा अजितसँगै ब्याडमिन्टनमा प्रिन्स दाहाल, फुटबलकी मञ्जलीकुमारी योञ्जन, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका थिए ।

    वर्ष २०७५ को उत्कृष्ट प्रशिक्षकको अवार्ड प्याराग्लाइडिङका योगेश भट्टराईले जित्नुभयो । विगत २० वर्षपछि नेपाललाई एशियाली खेलकूद प्रतियोगितामा रजत पदक दिलाउँदा उहाँले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँसँगै फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्ट मनोनयनमा पर्नुभएको थियो ।

    पब्लिक च्वाइस अवार्ड विजेता भलिबलका राष्ट्रिय खेलाडी रेश्मा भण्डारी ट्रफीको साथमा ।

    त्यस्तै पिपुल्स च्वाइसको अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितिन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले वर्षमा १० उपाधि जित्दा रेश्माको भूमिका महत्वपूर्ण थियो । उनीसँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्री भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयमा परेका थिए ।

    टिम अफ दि इयरको उपाधि प्याराग्लाइडिङको टिमले जित्यो भने पारा एथलिटको अवार्ड दृष्टिविहीन क्रिकेटर मन केसी चौधरीले जितिन् । त्यस्तै स्पेशल अवार्ड फुटबलका रोहित चन्दले जित्दा लाइफ टाइम एचिभमेन्टको अवार्ड एथलेटिक्सका हरिबाहदुर रोकायले जित्नुभयो ।

    त्यसैगरी अन्तराष्ट्रिय खेलकूद पत्रकार महासङ्घ (एआईपीएस) का महासचिव अम्जद अजिज मल्लिक ‘इन्टरनेशनल एशियन स्पोट्र्स जर्नालस्ट अवार्ड’ बाट सम्मानित हुनुभयो ।

    वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डको विजेताले ट्रफिसहित बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नुभयो । त्यस्तै अन्य विधाका विजेताले भने ट्रफी र जनही रु ५० हजार प्राप्त गर्नुभयो ।

    विजेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार, नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सडक कालोपत्रको माग गर्दै सिन्धुलीमा ‘जुनार महोत्सव’
    खेलकुद सप्ताह सुरु, दुई खेलाडीलाई नगदसहित सम्मान
    मदेइरामा सञ्चालित शिविरबाट १०० जनालाई कूटनीतिक सेवासहित १८ लाख राजस्व सङ्कलन
    • एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा
    • भ्रष्टाचार नियन्त्रण आफँैबाट सुरु गर्न युवा पुस्ताको जोड
    • भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल
    • सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.