जिल्ला प्रशासन कार्यालय चितवनले भन्यो : आफूखुशी आर्थिक संकलन नगर्नु
न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार ११:४५
चितवन, ९ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले आफूखुशी आर्थिक संकलन नगर्न सूचित गरेको छ । कार्यालय आज आईतबार एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा आफूखुशी आर्थिक संकलन नगर्न भनेको हो ।
कार्यालयद्वारा जारी सूचनामा भनिएको छ “कतिपय संघ/संस्थाहरुले आफूखुशी कोषहरु स्थापना गरी आर्थिक संकलन गरेको गुनासोहरु प्राप्त हुन आएकोले कोभिड १९ को रोकथाम एवं नियन्त्रणका लागि कसैले स्वेच्छिक रुपमा रकम जम्मा गर्न चाहेमा एकद्वार प्रणालीमा रही गर्नु ।” सूचनामा एकद्वार प्रणाली अन्तर्गत रही वाणिज्य बैंक सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गर्न सकिने उल्लेख छ ।
जिल्लामा कोभिड १९ को संक्रमण दर र अस्पतताल भर्ना हुने दर समेत अत्याधिक बढिरहेको स्मरण गराउँदै सूचनामा आफूखुशी कोष स्थापना र आर्थिक संकलन नगर्न भनेको हो ।