सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी चितवनलाई कालिका दैनिक डटकमको स्वास्थ्य सामाग्री सहयोग


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार २०:४८ 
  • चितवन, ७ जेठ । कालिका दैनिक डटकमले प्रेस चौतारी नेपाल चितवन शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अनलाइनका निर्देशक आकाश बन्जराले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।

    चौतारीको कार्यालयमा आज शुक्रबार कालिका दैनिकका प्रधान सम्पादक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बामगती प्रदेश सहसंयोजक शिशिर सिंखडाले प्रेस चौतारी चितवनका जिल्ला सहअध्यक्ष कृष्ण आचार्यलाई ती सामाग्री हस्तान्तरण गर्नुभयो ।

    कालिका दैनिकका तर्फबाट पाँच हजार थान माक्स र १ सय वटा सेनिटाइजर सहयोग गरिएको सिंखडाले बताउनुभयो । उहाँले प्रेस चौतारीलाई आवश्यक परेका खण्डमा थप स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य सामाग्री जिल्लामा कार्यरत पत्रकारहरुलाई उपलब्ध गराइनेछ ।

    प्रेस चौतारीका सहअध्यक्ष आचार्यले संगठनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा कालिका दैनिकका निर्देशक बन्जारा र प्रेस चौतारीका बागमती प्रदेश सहसंयोजक सिंखडालाई धन्यबाद ज्ञापन गर्नुभयो । कोरोनाका कहरका बेला अंग्रपक्तिमा रहेर सूचना प्रवाह गर्ने तथा फिल्डमा खटिने पत्रकारहरुलाई पहिलो चरणमा र दोस्रो चरणमा सबै पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरिने छ ।

    कालिका अनलाइनका निर्देशक बन्जार ग्लोबल गोर्खा समाजका कोषाध्यक्ष तथा हङ्गकङ्गका सफल हेण्डीक्राफ्ट व्यवसायी हुनुहुन्छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी बागमती प्रदेश सदस्य तिलक रिमाल र प्रेस चौतारी चितवनका जिल्ला सदस्य गोबिन्द घिमिरेको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.