सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सक भन्छन् “तन, मन थाक्यो भन्ने छुट छैन”


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १६:३५ 
  • पोखरा ७ जेठ । कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् ।

    अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । निरन्तर सेवामा खटिरहँदा कतिपय चिकित्सक, नर्स एवम् अन्यस्वास्थ्यकर्मी आफै पनि सङ्क्रमित हुन पुगेका छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटिनुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाइ नभएको उनीहरू बताउँछन् ।

    कन्सल्टेण्ड फिजिसियन डा. सरोज पोख्रेल भन्नुहुन्छ, “अहिलेको कठिन अवस्थामा तन, मनलाई थकान गर्न दिने छुट छैन । आँखा अगाडि बिरामीको छटपटाहट देख्दा भोक, प्यास र परिवारनै विर्सन्छौँ ।” डा. पोखरेल यो अवस्था सृजना हुनुमा स्वयम् मानिसनै दोषी भएको ठान्नुहुन्छ । “मानिस स्वयम्कै कारणले यो सब भैरहेको छ, सामान्य स्वास्थ्य मापदण्ड पनि नअपनाइँ हामी हिडिरहेका छौं । मानिसको आवागमन नरोकिएसम्म र स्वास्थ्य सतर्कता नअपनाएसम्म हामी सुरक्षित हुन सक्दैनौं”, उहाँले स्वास्थ्य सामान्य विषय नभएकाले विशेष सर्तकता अपनाएर आफू र आफन्तलाई जोगाउन सबैको सकारात्मक भूमिकाको खाँचो औल्याउनुभयो ।

    सहप्राध्यापक एवम् वरिष्ठ फिजिसियन डा। सुवास भट्टराई अहिले डाक्टरहरू मानसिक र शारीरिक रूपमै निकै थकित भएर बिरामीको उपचारमा खटिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले धेरै चिकित्सक एवम् स्वास्थ्यकर्मी जोखिम मोलेर सेवामा निरन्तर लागिरहनु भएको छ, कतिपय चिकित्सक जिम्मेवारी निभाउँदा आफै सङ्क्रमित हुन पुग्नु भएको छ ।” उहाँ थप्नुहुन्छ, “उपचारमा खटिरहँदा र उपचार गर्दैगर्दा बिरामीलाई बचाउन नसक्दा उनीहरूमा पनि मानसिक तनाव र नैराश्यता आउँछ नै तर पनि अहिलेको कठिन अवस्थामा थकित भएँ, गाह्रो भयो, आराम गर्छु भनेर कुनै चिकित्सक घरमा बस्नु भएको छैन ।”

    उहाँले आफन्त परिवारबाट टाढा रहेर निरन्तर सेवामा खटिएकाले चिकित्सक एवम् स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने खालका टिकाटिप्पणी सामाजिक सञ्जालहरूमा पोष्ट नगर्न पनि आग्रह गर्नुभयो ।

    पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका उपप्राध्यापक एवम कोभिड मेडिकल वार्डका डा। डेभिड श्रेष्ठ आफ्नोबारेमा भन्दा पनि बिरामीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर निरन्तर सेवामा खटिएको बताउनुभयो । “हाम्रो पेशा मात्र होइन धर्म पनि हो, अहिलेको महामारी औषधिले मात्रै निको हुने खालको छैन, यस्तो अवस्थामा बिरामीलाई आवश्यक परामर्शसहित आत्मबल उच्च बनाउने हाम्रो पहिलो कर्तव्य हो”, डा श्रेष्ठ भन्नुहुन्छ । उहाँले बिरामीका समस्या बाहेक अहिले चिकित्सकलाई परिवार, आफन्त इष्टमित्रसँग हालखबर सोध्ने समय समेत खासै नभएको बताउनुभयो ।

    पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका आवासीय चिकित्सक डा.विराज बराल शारीरिक र मानसिक रूपमा निकै थकित भएपनि कर्तव्य र जिम्मेवारीसँगै मानवीय सेवाको लागि निरन्तर खटेको बताउनुहुन्छ । “निरन्तर सङ्क्रमितको उपचारमा छौ, कतिलाई बचाउन सकिन्छ कतिलाई सकिदैन, बचाउन नसक्दा एकदम नरमाइलो लाग्छ, मृतकका आफन्तको अनुहारमा बगेको आँशुले हामीलाई पनि स्तब्ध बनाउँछ ।”

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले हाल पोखरामा आठ हजार हाराहारीमा सङ्क्रमित होम आइसोलेसनमा रहेको र करिब साढे तीनसयदेखि चारसय २५ जनाले अस्पतालमा उपचार गराइरहेको जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.