माडी (चितवन), ६ जेठ । राष्ट्रिय युवा संघ माडी नगर कमिटीका अध्यक्ष मुन्ना मियाले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । माडी नगर पालिका वडा नं ८ का अति विपन्न सुकराम दर्जी, असक्त जेष्ठ नागरिक जीतबहादुर चेपाङ, एकल पुरुष एवम् सन्यासी गंगा गिरिलाई चामल, दाल, नुनलगायत सरसफाईका सामानहरु सहयोग गर्नुभएको हो ।
सहयोगका सामानहरु ग्रहण गर्दै जेष्ठ नागरिक जितबहादुर चेपाङले विपन्न परिवारको समस्या बुझेर सङ्क्रमणको समयमा पनि घरमै आई सहयोग गर्ने सहयोगी मुन्ना मियाप्रति हार्दिक धन्यवाद दिंदैं विषम परिस्थितिमा असहाय र असक्तहरुलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।
खाद्यान्न उपलब्ध गराउने कार्यक्रममा मुन्ना मियासहित माडी नगर पालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नेकपा एमाले माडीका युवा नेता रामेश्वर चौधरी, राष्ट्रिय युवा संघ चितवनका सह संयोजक दिपक भण्डारीलगायतको उपस्थिति रहेको थियो ।