सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा आक्रममण र कारबाहीमा दुई अफगान सेना र सत्र तालिबानी लडाकू मारिए


  •    न्युजभित्तो/५ जेष्ठ २०७८, बुधबार १६:०९ 
  • काबुल ,५ जेठ ।  अफगानिस्तानका दुई प्रान्तमा गए राति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन् ।

    गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् । त्यस क्रममा अरु केही अफगान सैनिक घाइते पनि भएका सो प्रान्तका एक अधिरकारीले जानकारी दिएका थिए ।

    सो आक्रमणपछिको कारबाहीमा परेर तीन जना तालिबान लडाकू पनि मारिएका छन् । त्यस क्रममा राति दोहोरो भिडन्त पनि भएको थियो । त्यस भिडन्तमा परेर अरु केही तालिबानी लडाकूहरु घाइते पनि भएका बताइएको छ । त्यस्तै अर्काे बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १४ जना तालिबानी लडाकू मारिएका छन् ।

    सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानका विरुद्ध खोजी अभियान सञ्चालन भइरहेको अफगान सेनाले जनाएको छ । बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १४ जना तालिबान मारिएका उक्त प्रान्तका सैनिक प्रवक्ताले जानकारी दिएका छन् ।

    त्यस कारबाहीमा परी अरु चार जना तालिबान लडाकू र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ । उक्त क्षेत्रमा आइएस अतिवादीहरुका क्रियाकलापहरुमा बृद्धि भएको समाचारका आधारमा सेनाले हवाई कारबाही गरेको थियो । (रासस÷सिन्ह्वा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.