सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १५:५० 
  • माडी, ४ जेठ । जे वाई एस के। (भिलेज डेभलपमेन्ट इन नेपाल) ले आज माडीको कोभिड आइसोलेशन सेन्टरका लागि १० वटा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । डेनमार्कका स्वयमसेवीहरुको संस्था जेवाईएसकेले माडीको स्थानीय साझेदार निकाय एकीकृत समावेशी दीगो विकास परियोजना, माडी–८, चितवन मार्फत आइसोलेशन सेन्टरलाई करिब ५ लाख ७० हजार हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।

    परियोजनाका सचिव गोविन्दप्रसाद पन्तले दिएको जानकारी अनुसार सहयोग रकमबाट १० वटा ठूला अक्सिजन सिलिण्डर, त्यसमा लाग्ने रेगुलेटर र अन्य सामग्रीहरु, वायुमण्डलबाट अक्सिजन संग्रह एवं प्रशोधन गर्ने २ वटा कन्सन्ट्रेटर मेसिन तथा अन्य मेडिकल सामग्रीहरु माडीका नगरप्रमुख ठाकुर ढकालमार्फत हस्तान्तरण गरिएको हो ।

    अघिल्लो वर्षको कोभिड सङ्क्रमणको समयमा पनि सो संस्थाले बघौडा अस्पतालको लागि विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । संस्थाले माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका लागि एक÷एक वटा डेनिस म्याटरनिटी बेड समेत पठाएको सचिव पन्तले जानकारी दिनुभयो ।

    सो संस्थाले माडी–८, दक्षिण अयोध्यापुरी र इन्द्रबस्ती गाउँमा शुद्ध खानेपानी वितरण एवं आयआर्जन, प्राङ्गारिक खेती, शिक्षा, स्वास्थ्य र पुस्तकालय लगायतका क्षेत्रमा काम गर्दै आएको छ भने विपत परेका स्थानहरूमा सहयोग गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.