सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिरहा अस्पतालको भेन्टिलेटर प्रयोगविहीन


  •    न्युजभित्तो/४ जेष्ठ २०७८, मंगलवार १४:३७ 
  • लहान, ४ जेठ । दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको भेन्टिलेटर सञ्चालनमा नआउँदा कोभिड–१९ सङ्क्रमित बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनु परेको बाध्यता रहेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गए पनि दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ ।

    भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरे पनि नपठाएकाले अहिले चारवटै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले जानकारी दिनुभयो ।

    सिरहा अस्पतालमा एचडियु १५ श्यया र आइसियु पाँच श्यया र चार भेन्टिलेटर उपलब्ध रहे पनि भेन्टिलेटर सञ्चालनमा छैन । सो अस्पतालले आफैँ अक्सिजन प्लान्ट जडान गरेको छ । आफ्नै पिसिआर टेष्ट ल्याबबाट प्रत्येक आठ घण्टामा ९६ जनाको रिपोर्ट दिँदै आएको छ ।

    यसैबीच, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेशकुमार मण्डलले सिरहा अस्पतालको निरीक्षण गर्नुभएको छ ।

    अक्सिजन सिलिण्डर सङ्कलन

    सिरहा प्रहरीको सक्रियतामा जिल्लाको विभिन्न निजी उद्योगहरुबाट ३३ थान अक्सिजन सिलिण्डर सङ्कलन गरेको छ । कोभिड–१९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भइरहेका बेला इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले मिर्चैया नगरपालिका–१ स्थित सूर्या सिमेन्ट उद्योगबाट ३० र कर्जन्हा नगरपालिका–४ बन्दीपुरस्थित प्रशान्त बालुवा प्रशोधन क्रसर उद्योगबाट तीन गरी ३३ थान सिलिण्डर सङ्कलन गरेको हो ।
    सङ्कलित सिलिण्डर जिल्ला कोभिड– १९ विपद् व्यवस्थापन समिति ९डिसिसिएमसी० सिरहाको निर्णयबमोजिम स्वास्थ्य कार्यालयको पत्रानुसार अक्सिजन पुर्नभरण गरी आवश्यकताअनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    निषेधज्ञाको मारमा परेका परिवारलाई राहत

    कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका सिरहाको गोलबजार नगरपालिकाका १०० परिवारलाई राहत वितरण गरिएको छ । दौतरी–फ्रेन्ड्स अफ फ्युचरको सहयोगमा भोर नामक संस्थाले गोलबजार नगरपालिकाको जमदह, दोहबटिया, भागवारी टोललगायत विभिन्न वडाका विपन्न, गरीब, दलित परिवारलाई राहत वितरण गरेको हो ।

    एकीकृत खाद्यान्न तथा संरक्षण प्याकेजअन्तर्गत प्रतिपरिवार चामल २५, पाँच किलो हरियो तरकारी र दाल दुई किलो, खाने तेल धारा एक लिटर, नुन तीन किलो, ३० वटा अण्डा, कागती, बेसार, अदुवालगायत सामग्री राहत वितरण गरिएको भोरका अध्यक्ष पचुलाल माझीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.