सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अभिनेता पुष्पले सुदुरपश्चिममा बाँडे ५० थान सिलिन्डर


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १५:२८ 
  • काठमाडौं,३ जेठ । कोभिड-१९ को दोस्रो लहरको कारण अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । सरकार, गैरआवसिय नेपाली, व्यापारदेखि सेलेव्रिटीसम्म अक्सिजन जोहो गर्न खटिएका छन् ।

    कोरोनाभाइरस संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएपछि सेलेव्रिटीले आ-आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेका छन् । पल शाह लगायतका कलाकार गतसाता देखि नै अक्सिजन जोहो गर्न देश दौडाहामा छन् । यो मेसोमा थपिएका छन् अभिनेता पुष्प खड्का ।

    पुष्पले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोनाभाइरसबाट संक्रमित भएर उपचार गराइरहेकाको लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।

    उनले कैलालीको मैनादवी फाउन्डेशनसँगको सहकार्यमा अक्सिजन सहयोग गरेका हुन् । अक्सिजन अभावले सर्वसाधारणले दैनिकजसो ज्यान गुमाइरहेको अवस्थामा आफ्नो कर्तव्य सम्झिएर सहयोग गरेको पुष्पले बताए ।

    विभिन्न संघसंस्था मिलेर थप अक्सिजन वितरण गर्ने कार्यमा आफू व्यस्त हुने उनले जानकारी दिए । उनले भने-‘मलाई विभिन्न मानिसहरुबाट म्यासेज आइरहेको छ । कतिपयले अक्सिजनको अभाव भएको त कतिपयले आर्थिक अभाव भएको म्यासेज पठाइरहनुभएको छ । मैले सक्ने सहयोग गर्नेछु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.