सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चन्द्रागिरिमा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार १२:४६ 
  • काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो ।

    नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिनानुदिन कोरोना सङ्क्रमित बढेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मीसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

    “नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको नवनिर्मित सामुदायिक अस्पताल भवनमा ३० श्यया र वडा नं ३ स्थित रहेको थानकोट प्राथमिक अस्पतालमा ३० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो । दुवै आइसोलेशन केन्द्रमा चौबिसै घण्टा सेवा प्रदान गरिने नगरप्रमुख गिरीको भनाइ छ । यस्तै चन्द्रागिरिभित्रका बिरामीको उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र उपत्यकाका अन्य अस्पतालसँग समन्वय गरिने नगरप्रमुख गिरीले बताउनुभयो ।

    नगरपालिकाले चाँडै नै वडा नं १२ मा १५ श्ययाको आइसोलेशन केन्द्र स्थापना गर्ने जनाएको छ । यहाँ हाल ९८६ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म चन्द्रागिरिमा कोरोनाका कारण ३५ जनाले ज्यान गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.