सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लायन्सका ईलेक्ट गभर्नर रामप्रसाद भट्टद्वारा कोभिड विरुद्धको लडाईमा सहयोगको आव्हान


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार ११:२४ 
  • चितवन, ३ जेठ । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का इलेक्ट गभर्नर रामप्रसाद भट्टले कोभिड महामारीका विरुद्ध लड्न सक्दो सहयोग गर्न सम्पूर्ण लायन्सहरुलाई आव्हान गर्नुभएको छ । आफ्नो डिष्ट्रिकभित्र रहेका करिब पाँच सय क्लबका १० हजारभन्दा बढी सदस्यलाई आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न उहाँले आव्हान गर्नुभएको हो ।

    विश्वभर आँखाको उपचार, वातावरण संरक्षण, बच्चाको क्यान्सरको उपचार, मधुमेह रोगको जनचेतना लगायतमा सक्रिय रुपमा लाग्दै आएका लायन्सका सदस्यहरुलाई आआफ्नो ठाउँबाट के सकिन्छ सहयोग गर्न आव्हान गर्नुभयो । उहाँले भन्नुभयो “कोभिडको पहिलो लहरमा संक्रमण रोकथाम, नियन्त्रण र जनचेतना जगाउने कार्यमा नेपालमा अग्रणी भूमिका निर्वाह गरेका लायन्सकर्मीहरुलाई यस पटक पनि सक्रिय भएर लाग्न आग्रह गर्दछु ।”

    लायन्सले विभिन्न ठाउँम अक्सिजन बैंक स्थापना, आफ्नै गाडीलाई एम्बुलेन्स बनाएर सेवा दिईरहेको, रगत संकलन गरिरहेको, पिपिई, माक्स जस्ता साामग्री सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । कोभिडका बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण समेत खरिद गरेर अस्पतालहरुलाई सहयोग गर्न लागिएको भन्दै उहाँले लायन्सका सदस्यहरुलाई उक्त कार्यका लागि आर्थिक रुपमा समेत सहयोग गर्न अनुरोध गर्नुभएको छ । आआफ्ना क्लबहरुमा मार्फत् समेत सहयोगमा जुट्न आव्हान गर्नुभयो ।

    मोतियाविन्दुको शल्यक्रियामा महत्वपूर्ण योगदान पु¥याएका नेपालका लायन्सहरुले भूकम्पका समयमा विदेशबाट रु.५० करोडभन्दा बढी रकम ल्याएर विद्यालय लगायतका संरचना पुनर्निर्माणमा सहयोग पु¥याएका थिए । नेपालमा लायन्सका चार डिष्ट्रिक रहेका छन् । जहाँ ४० हजारभन्दा बढी सदस्य क्रियाशील छन् । सामाजिक अभियानमा लागेको लायन्समा विश्वमा १४ लाख ५० हजारभन्दा बढी सदस्य रहेको भट्टले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.