सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार र निजी क्षेत्र दुवै अक्सिजन उत्पादन क्षमता बढाउँदै उद्योगहरू


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार ११:२८ 
  • काठमाडौं,३ जेठ  । सरकार र निजी क्षेत्र दुवै अक्सिजन उत्पादन र सिलिन्डर आयातको क्षमता बढाउन जुटेका छन् । केही दिनअघि प्रधानमन्त्रीको कार्यालय र विद्युत प्राधिकरणका प्रतिनिधिले अक्सिजन उद्योगको अनुगमनसमेत गरेका थिए ।

    सरकारले अक्सिजन लगायत कोभिड-१९ रोकथान तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रीको आयातमा लाग्ने कर छुट दिएको छ । अर्थमन्त्रालयले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयको सझौतामा हस्ताक्षर गरेको छ ।

    अक्सिजनको सिलिन्डर अभाव भएपछि अक्सिजन प्रयोग गर्ने उद्योगले आफूसँगका सिलिन्डर सरकारलाई दिइसकेका छन् । संक्रमित बढ्दै गएको अहिलेको अवस्थामा २२ अस्पतालले अक्सिजन प्लान्ट स्थापना गरेका छन् ।

    अक्सिजन अभाव भएपछि नयाँ उद्योग स्थापना र भएका उद्योगहरूको क्षमता बढाउन थालिएको छ । कैलालीको टिकापुरमा सञ्चालन हुनेगरी ३० करोड लागतमा सञ्चालन गर्ने गरी नयाँ उद्योग दर्ता भएको छ । सो उद्योग सञ्चालनमा आएपछि प्रति मिनेट ५०० क्यूभी लिटर अक्सिजन उत्पादन गर्ने छ ।

    शंकर अक्सिजन उद्योगले पनि रुपन्देहीमा प्रतिवर्ष ४८ लाख क्यूभी लिटर अक्सिजन उत्पादन क्षमताको नयाँ उद्योग दर्ता गराएको छ । यस उद्योगले बालाजु औद्योगिक क्षेत्रमा हाल उत्पादन गर्दै आएको ७ लाख क्यूभी लिटरबाट बढाएर १५ लाख ३६ हजार क्यूभी लिटर उत्पादन वृद्धि गरेको उद्योग विभागका महानिर्देशक जिबलाल भुषालले जानकारी दिए ।

    शंकर अक्सिजन उद्योगले प्रतिवर्ष १८ हजार मेट्रिक टन लिक्विड अक्सिजन उत्पादन गर्ने गरी काम शुरू गरिसकेको छ ।

    अक्सिजन उद्योगलाई सरकारको राहत

    महामारीका बीच अक्सिजन उद्योगलाई सहुलियत दिन विद्युत्त प्राधिकारणले २४सै घण्टा बिजुली दिइरहेको छ । वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने मन्त्रीस्तरीय निर्णय समेत गरिएको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबारको बैठकले ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई बिजुलीमहसुललगायतमा सहुलियत दिने । लिक्विड अक्सिजन ल्याउन भारतसँग आग्रह गर्ने’ निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

    नेपालमा कति छन् अक्सिजन उद्योग

    करिब ३० वर्ष अघिदेखि नेपालमा अक्सिजन उत्पादन गर्ने उद्योग स्थापना भएको उद्योगीहरू बताउँछन् । हाल २२ अक्सिजन उद्योग सञ्चालनमा छन् । तीमध्ये ११ उद्योग काठमाडौं उपत्यकामा नै छन् । काठमाडौं जिल्लामा भएका अक्सिजन उद्योगले प्रतिवर्ष २६ लाख ४२ हजार ८ सय ५७ क्यूभी लिटर र उपत्यका बाहिरका उद्योगले १० लाख ९७ हजार क्यूभी लिटर अक्सिजन उत्पादन गर्ने भनेर उद्योग विभागमा दर्ता भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.