सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दासढुंगामा एमाले र फाउण्डेशनद्वारा मदन आश्रितप्रति श्रद्धाञ्जली


  •    न्युजभित्तो/३ जेष्ठ २०७८, सोमबार ११:१३ 
  • चितवन, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र मदन भण्डारी फाउण्डेशन चितवनले आज सोमबार दासढुंगामा मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

    जिल्लाको दासढुंगामा औपचारिक कार्यक्रम नभए पनि उहाँहरुप्रति श्रद्धाञ्जली गरिएको छ । नेकपा (एमाले) चितवनले बिहान भरतपुर महानगरपालिका वडा नं. २९ स्थित दासढुंगामा रहेको नेताद्वयको शालिकमा माल्यार्पण गर्नुको साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । कोभिड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेताहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँका अनुसार न्यून संख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

    यसैगरी मदन भण्डारी फाउण्डेशन चितवनले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ । फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, जिल्ला सहसचिव तिलक रिमाल लगायतको उपस्थितिमा नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गरिएको छ ।

    बि.सं. २०५० साल जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुंगामा रहस्यमय रुपमा दुर्घटना भएको थियो । आश्रितको शव दासढुंगास्थित त्रिशुली नदीमा फेला परेको थियो भने भण्डारीको शव जिल्लाकै गाजीपुरस्थित नारायणी नदीमा तीन दिनपछि फेला परेको थियो ।

    फाउण्डेशन चितवनले दासढुंगा र गाँजीपुरको विकासका लागि पहल गर्दै आएको छ । यी दुवै ठाउँलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न विभिन्न निर्माणका काम भईरहेका छन् । यी दुवै ठाउँमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी चरणबद्ध रुपमा विकासका काम हुँदै आएको फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.