सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लिसेस्टरलाई ऐतिहासिक एफ कप उपाधि


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १२:४९ 
  • एजेन्सी,२ जेठ । युरी टेलिम्यान्सले एफए कप फाइनलमा अहिलेसम्मकै उत्कृष्ट गोल गरेपछि चेल्सीलाई पराजित गरी लिसेस्टर सिटीले आफ्नो इतिहासमा पहिलोपल्ट प्रतियोगिताको उपाधि उचालेको छ ।

    ६३ औं मिनेटमा करिव २५ यार्डबाट यी बेल्जियनले गरेको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोक्ने प्रयास गरे पनि टप कर्नरबाट गोल हुन पुगेको थियो । र, यही गोल निर्णायक बन्यो ।

    यो गोलले प्रशिक्षक ब्रेण्डन रोजर्सलाई पुलकित पारिदियो, वेम्बलीमा रहेका लिसेस्टरका समर्थक पनि खुसीले गदगद थिए । लकडाउन पछि सबैभन्दा धेरै २१ हजार समर्थकलाई शनिबार राती वेम्बलीमा एफए कप फाइनल प्रत्यक्ष हेर्ने अनुमति दिइएको थियो । लिसेस्टरले सन् १९६९ पछि पहिलोपल्ट एफए कपको फाइनल खेलेको हो ।

    लिसेस्टरका गोलरक्षक चेमिचेलको दुई बचाउ उत्कृष्ट थियो । बेन चिलवालले आफ्नै पूर्व क्लबविरुद्ध गरेको हेडर पोष्टमा लाग्यो भने मासोन माउन्टले गरेको शशक्त प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

    खेलको अन्त्यतिर खेलमा नाटकीय क्षण देखियो । बक्सभित्रको माथापच्चीबीच लिसेस्टरका वेस मोर्गनले आफ्नै पोष्टमा गोल गर्न पुगे । तर भिडियो असिस्टेन्ट रेफ्री (भार)ले अमान्य गरिदिएपछि उसको भाग्य खुलेको हो ।

    खेल सकिएपछि लिसेस्टरका खेलाडी, अफिसियल तथा समर्थकहरु भावुक बनेका थिए । जसले ऐतिहासिक जितको आनन्द लिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
    • राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.