सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजराइली हमलामा आफ्नो अफिस ध्वस्त भएपछि बोले अमेरिकी र कतारको समाचार एजेन्सी – एपी, अल–जजिरा


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १२:२८ 
  • काठमाडौँ, २ जेठ ।  अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस र कतारको समाचार च्यानल अल जजिराले इजराइलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ ।

    द असोसिएटेड प्रेसले इजराइलको हमलालाई भयावह र अचम्मित पारिदिने खालको बताएको छ भने अल–जजिराले इजराइल पत्रकारलाई गाजामा काम गर्नबाट रोकेको छ ।

    शनिबार इजराइलले गाजास्थित एक भवनलाई हवाई हमलामा ध्वस्त पारिदिएको थियो जसमा यी दुई मिडिया संस्थाको कार्यालय अवस्थित थिए ।

    समाचार एजेन्सी द असोसिएटेड प्रेसले शनिबार उनले इजराइली सेनालाई थुप्रै फोन गरेर यो हमला रोक्न अपिल गरेता पनि इजराइली सेनाले नसुनेको बताएको छ ।

    एपीले आफ्नो बयानमा भनेको छ, ‘हामीले इजराइली सेनासँग भवनमा हमास भएको प्रमाण दिन भनेका थियौं तर उनीहरुले दिएनन् । एपीको ब्यूरो यो भवनमा पछिल्लो १५ वर्षदेखि थियो । हामीले अहिलेसम्म कुनै संकेत पाएका छैनौं कि यो भवनमा हमासको उपस्थिति छ । यो निकै नै भयावह स्थिति हो । गाजामा जे जति भइरहेको छ अब संसारले निकै कम थाहा पाउनेछ तर हाम्रो कार्यालय ध्वस्त पारिएको छ ।’

    अमेरिकी समाचार एजेन्सीले आफ्नो रिपोर्टमा लेखेका छ, ‘शनिबार जतिबेला इजराइलले हमलाको सूचना दियो, त्यतिबेला हाम्रा १२ पत्रकार गाजा ब्यूरोमा काम गरिरहेका थिए । इजराइली सेनाले भवन खाली गर्न एक घण्टाको समय दिएको थियो । यद्यपि, सौभाग्यले हाम्रा सबै पत्रकारले आफूलाई आवश्यक पर्ने थोरै सामानलाई अफिसबाट निकाल्न सफल भए । त्यसको केही समयपछि इजराइलका तीन मिसाइल त्यो १२ तले भवनसँग ठोक्कियो र हेर्दा हेर्दा त्यो धुँवाको मुस्लोमा परिणत भयो ।’

    प्रेसको स्वतन्त्रताको वकालत गर्ने अन्तर्राष्ट्रिय संस्थाले इजराइलको यो हमलाको निन्दा गरेको छ ।

    यी संस्थाले इजराइली सेनाले आफूहरुले गरिरहेको युद्ध अपराधबारे संसारलाई थाहा नहोस् भन्नका लागि मिडियाको कामलाई सेन्सर गर्ने कोसिस गरिरहेको आरोप लगाएका छन् ।

    यो हमला मानवाधिकारको उल्लंघनः

    यो हवाई हमलाको विषयमा इजराइली सेनाले केही मिडिया संस्थानको अफिस र केही मानिसहरुको घर बनेको उक्त भवनको कुनै एक तलामा चरमपन्थी संगठन हमासको सैन्य गोप्य समूह बस्ने गरेको दाबी गरेको छ ।

    समाचार च्यानल अल जजीराले भन्यो, ‘अल–जला नामको यो भवनमा जहाँ थुप्रै कार्यालय थिए र धेरै मानिसहरुको घर पनि थियो, त्यो खाली गर्नका लागि इजराइली फौजले एक घण्टाको समय मात्रै दियो । फोनमार्फत् यसको जानकारी दिइएको थियो । जब हामीले हामीलाई केही थप समय उपलब्ध गराइदिन आग्रह गर्यौं तब उनीहरुले आफूले यसबारे केही पनि गर्न नसक्ने बताए ।’

    अल जजिरा मिडिया नेटवर्कका कार्यवाहक महानिर्देशक डाक्टर मुस्तफ सुआगले भने, ‘हामी चाहन्छौं कि अन्तरराष्ट्रिय समुदायले यो बर्बर हमलाको निन्दा गरुन् जुन मिडियालाई निशाना बनाउनका लागि गरिएको हो । हामी चाहन्छौं कि यो हमलाका लागि इजराइलविरुद्ध कारवाही हुनुपर्छ । इजराइल मिडियालाई चुप गराउन चाहन्छ । उनीहरु चाहन्छन् कि मिडियाले गाजाका मानिसहरुको समस्याबारे कुरा नगरोस् ।’

    उनले भने, ‘अल–जला भवनमाथि हमला मानवाधिकारको उल्लंघन हो । यो जघन्य अपराध हो । इजराइली सेनालाई थाहा थियो कि यो भवनलाई अल जजिराले मात्रै नभई अन्य अन्तरराष्ट्रिय मिडिया संस्थानले वर्षौंदेखि आफ्नो स्थानीय हेडक्वार्टरको रुपमा प्रयोग गरिरहेको थियो । यो कुरा थाहा हुँदा हुँदै पनि उसले यो भवनलाई निशाना बनायो । पत्रकारिता कुनै अपराध होइन जसका लागि इजराइलले यस्तो सजाय दिने कोसिस गरिरहेको छ ।’बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.