सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मंगल सतहमा अवतरण गर्नुअघि चिनियाँ यानले झ्याल खोल्यो, दुईसाताभित्र ल्यान्डिङ तयारी


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १२:५२ 
  • बेइजिङ,३१ वैशाख । मंगलग्रहको कक्षलाई परिक्रमा गरिरहेको चिनियाँ यान तियानवेन-१ आगामी दुई साताभित्र सतहमा अवतरण गर्ने भएको छ । ग्लोबल टाइम्सका अनुसार यो स्पेसक्राफ्टले गएराति अतवरणका लागि झ्याल खुला गरेको छ ।

    मंगलको दक्षिण ध्रुवस्थित युटोपिया प्लानिसियामा उक्त यानले अवतरण गर्ने जनाइएको छ । ‘अर्बिटिङ, ल्यान्डिङ र रोभिङ’ मिसन लिएर चीनले फेब्रुअरीमा पठाएको उक्त रोभरले मंगलमा खनिज, पानी र जलवायुको अध्ययन गर्नेछ ।

    ल्यान्डन्डिङको लागि झ्याल खोल्दै उक्त रोभर महत्वपूर्ण र जोखिमपूर्ण चरणमा प्रवेश गरेको चिनियाँ अन्तरिक्ष नियोग (सीएनएसए)ले जनाएको छ । चन्द्रमामा पठाइएको यस्तै प्रणाली जडित रोभरको सफल अवतरणपछि चिनियाँ वैज्ञानिकहरु मंगलमा पनि सफलता दोहोरिनेमा ढुक्क छन् ।

    मंगल सतहमा अवतरण गर्न यो रोभरलाई नौ मिनेट लाग्ने जनाइएको छ । जुन बेला यानको ४.९ किलोमिटर गतिलाई घटाएर शुन्यमा झार्ने तयारी छ । मे मध्यदेखि जुनको मध्यसम्म तियानवेन–१ ले मंगल सतहमा ल्यान्ड गर्नेछ ।

    उक्त यानले १.८५ मिटर अग्लो र २४० किलोको रोभरलाई सतहमा छाड्नेछ । मंगलको तीन महिना र पृथ्वीको ९२ दिन अवधीमा रहेर उक्त रोभरले मंगलको अध्ययन गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.