सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच आइसल्यान्डमा भेटवार्ता तय


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १५:५५ 
  • वासिङ्टन, ३० बैशाख । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार रसियाली विदेशमन्त्री सर्गेई लाभारोभलाई फोन गरी आइसल्यान्डमा आगामी मे २० मा हुने आर्कटिक काउन्सिल मन्त्रिस्तरीय बैठकमा सहभागी हुने बारेमा छलफल गर्नु भएको छ ।

    फोनवार्तामा दुबै कुटनीतिज्ञले आफूहरु उक्त बैठकमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गर्न राजी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकी नागरिकको सुरक्षा एवं अमेरिकी चासोका विषयलाई प्रतिरक्षा गर्न राष्ट्रपति बाइडेनको प्रतिबद्धताका बारेमा रसियाका विदेशमन्त्री समक्ष कुरा राख्नु भएको उल्लेख छ । विदेशमन्त्री ब्लिन्केनले हाल रसियाको हिरासतमा राखिएका आफ्ना दुई पूर्व सैनिकहरु पल ह्वीलान र ट्रेभोर रीडलाई तत्काल मुक्त गर्न रसिया समक्ष अनुरोध गर्नु भएको थियो ।

    उहाँले उत्तर कोरिया मामिला सम्बन्धी अमेरिकी नीतिका बारेमा पनि रसियाका विदेशमन्त्री लाभरोभलाई जानकारी गराउनु भएको थियो । आइसल्यान्डमा हुने ब्लिन्केन र लाभरोभबीचको प्रत्यक्ष भेटवार्ता राष्ट्रपति बाइडेनले राष्ट्रपतिको पद सम्हालेयता पहिलो पटक हुन लागेको हो । राष्ट्रपति बाइडेनले गत साता जुनमा आफूले युरोप भ्रमण गर्दा रसियाका राष्ट्रपति भ्लालिमिर पुटिनसँग पनि भेटघाट गर्ने बताउनु भएको थियो ।

    राष्ट्रपति बाइडेन बेलायतमा सम्पन्न हुने सात प्रमुख औद्योगिक राष्ट्रहरु (जी–७) को शिखर सम्मेलन र बेल्जियमको ब्रसेल्समा हुने नेटो शिखर बैठकमा सहभागी हुने कार्यक्रम छ । रसियाका विदेशमन्त्री लाभरोभले मङ्गलबार अजरबैजान भ्रमणका क्रममा अमेरिकाले जुनमा रसियाको उच्च नेतृत्वसँग गर्न लागेको भेटवार्तालाई आफूहरुले निकै स्वागतयोग्य कदमका रुपमा लिएको बताउनु भएको थियो ।

    अमेरिका र रसियाबीचको सम्बन्ध केही वर्षदेखि निकै तिक्ततापूर्ण रहिआएको छ । दुबै मुलुकबीच युक्रेन, मानव अधिकार, साइबर सुरक्षा र एकअर्का मुलुकको आन्तरिक मामिलामा हस्तक्षेपलाई लिएर मतभेद हुँदै आएको छ । (रासस–सिन्ह्वा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.