सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

करिना कपुर वा दीपिका पादुकोण, नितेश तिवारीको रामायणमा को बन्लान् सीता ?


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १५:०८ 
  • फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका लागि प्रस्ताव गरिएको छ । अब महिला कास्टका लागि पनि नयाँ रिपोर्ट सार्वजनिक भएको छ ।

    रामायणमा कसले निभाउनेछ सीताको भूमिका ?

    पिपिङमुन डट कम का अनुसार करिना कपुर खान र दीपिका पादुकोणलाई सीताको भूमिकामा लिने हो कि भनेर चर्चा चलिरहेको छ । दुबै नायिकाले आफ्नो करियरमा पौराणिक फिल्ममा अभिनय गरिसकेका छन् । अब हेर्नुपर्ने छ कि सीताको भूमिका कुन नायिकाको पोल्टोमा पर्छ । फिल्मको कास्टको विषयमा अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन ।

    स्मरण रहोस् करिनाले फिल्म अशोकामा राजकुमारी कौरवाकीको भूमिका निभाएकी थिइन् । यस्तै दीपिकाले सञ्जय लीला भंसालीको फिल्ममा मस्तानी, पद्मावतीको भूमिका निभाएकी छिन् । यदि करिनाले यो फिल्ममा स्वीकारोक्ति दिइन् भने उनी सर्वाधिक महँगी नायिका बन्नेछिन् । स्मरण रहोस्, करिनाले करण जोहरको फिल्म तख्तमा महत्वपूर्ण भूमिका निभाउनेछिन् । हालका लागि तख्तको छायांकन स्थगित गरिएको छ ।

    करिनाको आउँदो फिल्म लाल सिंह चड्डा हो । यसमा उनी आमिर खानको अपोजिटमा छिन् ।

    यस्तै दीपिकालाई पछिल्लो पटक फिल्म छपाकमा देखिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.