सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनन्याको बलिउड यात्रा


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १५:१२ 
  • बलिउड नायिका अनन्या पाण्डेले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । कलाकार चंकी पाण्डेकी छोरी अनन्याको बलिउड यात्रा २ बर्ष पुरा भएको छ । अनन्याले २ बर्षमा बलिउडमा राम्रो छाप छाडेकी छिन् । आज उनको हातमा बलिउडका ठूला कम्पनीका चलचित्र छन् ।

    भारतीय मिडियासँग कुराकानी गर्दै अनन्याले आफ्नो लागि बलिउडको यात्र शानदार भएको उल्लेख गरेकी छिन् । उनले, आफ्नो सपना पुरा भएको बताएकी छिन् । उनले भनिन्–‘दर्शकको माया, आर्शिवाद र सहानुभुती नभएको भए म यो स्थानमा पुग्ने थिइनँ । मानिसहरुले मलाई जुन तरिकाले माया दिएका छन्, त्यो मेरो मनको नजिक छ ।

    मलाई साथ दिने निर्देशक, प्राविधिक, कलाकार सबैलाइ म धन्यवाद दिन चाहन्छु, जोसँग मैले काम गरेको छु । मैले सबैबाट केही न केही कुरा सिकेकी छु । म धन्यवाद मेरा फ्यानहरुलाई दिन चाहन्छु, जसले मलाई यति धेरै माया दिएका छन् ।’

    अनन्याले साउथका स्टार विजय देवरकोन्डाको साथमा ‘लाइगर’मा काम गरिरहेकी छिन् । साथै, उनले नायिका दीपिका पादुकोण र सिद्धार्थ चतुर्वेदीको साथमा पनि एक चलचित्रमा काम गरिरहेकी छिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.