हरिवंशले गाएको ‘अर्को जुनी खै कुन्नी’ टेलिकम र एनसेलको मोबाइलमा न्युजभित्तो/२७ बैशाख २०७८, सोमबार ११:५९ काठमाडौं,२७ वैशाख । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् । दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा मोबाइलमा बज्न थालेको हो । जनचेतनामूलक गीतलाई हरिवंशले निःशुल्क गाएका हुन् । कोरोना सम्बन्धी गीतले नागरिकमा सचेतना जगाउने आशा हरिवंशले लिएका छन् । टेलिकमसँगै एनसेलको मोबाइलमा पनि उक्त रिङब्याक टोन बज्ने जानकारी हरिवंशले दिए । दुईवर्षअघि मेलिना राई र सरोज वलीले गाएको ‘अर्को जुनी खै कुन्नी’को रिमेकको रुपमा हरिवंशले यो गीत गाएका हुन् । हेर्नूस भिडियो : तपाईको प्रतिक्रिया ताजा अपडेट भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ” इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
काठमाडौं,२७ वैशाख । आइतबारदेखि नेपाल टेलिकमका उपभोक्ताले फोन गर्दा यो सीआरबीटी सुन्न थालेका छन् । यो जनचेतनामूलक गीतलाई हरिवंश आचार्यले गाएका हुन् ।
दीपक शर्माको संगीत र दिनेशकुमार थपलियाको शब्दमा तयार भएको गीत स्वास्थ्य मन्त्रालयको पहलमा मोबाइलमा बज्न थालेको हो ।
जनचेतनामूलक गीतलाई हरिवंशले निःशुल्क गाएका हुन् । कोरोना सम्बन्धी गीतले नागरिकमा सचेतना जगाउने आशा हरिवंशले लिएका छन् ।
टेलिकमसँगै एनसेलको मोबाइलमा पनि उक्त रिङब्याक टोन बज्ने जानकारी हरिवंशले दिए ।
दुईवर्षअघि मेलिना राई र सरोज वलीले गाएको ‘अर्को जुनी खै कुन्नी’को रिमेकको रुपमा हरिवंशले यो गीत गाएका हुन् ।
हेर्नूस भिडियो :