सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइपिएलमा बेंग्लोरको अपराजित यात्रामा पूर्णविराम,चेन्नईसँग ६९ रनले पराजित


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १२:४४ 
  • काठमाडौं, १२ वैशाख । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

    आइतबार भएको खेलमा चेन्नईसँग ६९ रनले पराजित भएपछि बेंग्लोरको अपराजित यात्रा टुंगियो।

    पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो।उसका लागि फाप डु प्लेसिसले ५० रन जोड्दा रविन्द्र जडेजाले नटआउट ६२ रन जोडे। उनले २८ बलमा ४ चौका र ६ छक्का हिर्काए। जडेजाको उत्कृष्ट ब्याटिङमा चेन्नईले अन्तिम ओभरमा ३७ रन जोडेको थियो।

    १९२ रनको लक्ष्य पछ्याएको बेंग्लोरले ९ विकेटको क्षतिमा १२२ रन मात्र जोड्न सक्यो। उसका लागि ग्लेन म्याक्सवेलले २२ रन र देवदत पाडिकलले ३४ रन जोडे।

    बलिङमा चेन्नईका जडेजाले ३ विकेट लिए। उनले ४ ओभरमा एक मेडन राख्दा १३ रन खर्चिए।  जितसँगै ५ खेलबाट ८ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा उक्लियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.