सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँचौँ चितवन च्याम्पियनसीप फुटबलको उपाधी अभिषेक चर्चलाई


  •    /९ असार २०७६, सोमबार १९:२७ 
  • चितवन । चितवनको भरतपुरमा आयोजित हानामी पाँचौँ चितवन च्याम्पियनसीप फुटबलको उपाधी नवलपुरको अभिषेक चर्चले उचालेको छ । आइतबार भएको फाईनल खेलमा रजहरको अभिषेक चर्चले भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयको टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    अभिषेक चर्चले उपाधिसँगै नगद तीन लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । घरेलु मैदानमा अभिषेक चर्चसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको प्रहरीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

    अभिषेक चर्चको जितका लागि विदेशी खेलाडी योनिकले दुई गोल गरेका थिए । उनले दोस्रो हाफको २१ र ३५ मिनेटमा गोल गरेका थिए । प्रतियोगिता सुरु भएको ११औँ मिनेटमा पुलिसका तर्फबाट सन्तोष हेमरुनले एक गोल गरेका भएपनि प्रहरीलाई जिताउन सकेनन् । प्रतियोगितामा तेस्रो भएको जु फुटबल क्लब जुगेडीले ५० हजार रुपैयाँ पुरस्कार हात पा¥यो ।

    प्रतियोगितामा अभिषेक चर्च रहजरका खेलाडी अजित गुरुङ म्यान अफ दी सिरिज घोषित हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ बेस्ट मिड फिल्डर, अभिषेक चर्चका मानबहादुर तामाङ बेस्ट डिफेन्स, अभिषेक चर्चका विदेशी खेलाडी योनिक बेस्ट स्कोरर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोर रक्षक घोषित भएका छन् । फरक फरक विधामा उत्कृष्ट भएका चारै जना खेलाडीले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

    प्रतियोगितामा स्थानीय आठ सहित १६ वटा फुटबल टिमको समभागिता रहेको थियो । एभरेष्ट क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि रहनुभएको थियो । त्यस अवसरमा प्रतियोगिता सम्पन्न गर्नका लागि सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानसमेत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.