सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजस्थान रोएल्सलाई पराजित गर्दै चेन्नाई सुपर किङ्गस आईपीएल क्रिकेटमा दोस्रो जित


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार ११:२२ 
  • काठमाडौं, ७ वैशाख । राजस्थान रोएल्सलाई पराजित गर्दै चेन्नाई सुपर किङ्गसले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ ।

    सोमबार राति भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा दिल्लीसँग पराजित भएको चेन्नाइले त्यसपछि पञ्जाव किंग्सलाई पराजित गरेको थियो ।

    मुम्बइस्थित वाङखडे स्टेडियममा चेन्नाइले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि ओपनर जोस बट्लरले सर्वाधिक ४९ रन बनाए ।

    यस्तै जयदेव उनादकडले २४ र राहुल टेवाटियाले २० रन बनाए ।

    चेन्नाइका मोइन अलीले ३ विकेट लिए । यस्तै साम करन र रविन्द्र जडेजाले २-२ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

    चेन्नाइका लागि ओपनर फाप डु प्लेसिसले सर्वाधिक ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७ र मोइन अलीले २६ रन जोडे । ड्वेन ब्राभो २० रनमा अविजित रहे । कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले समान १८ रन बनाए ।

    राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।  जितपछि ३ खेलबाट ४ अंक जोडेको चेन्नाइ अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । समान अक भएपछि चेन्नाइले दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पारेको हो ।

    राजस्थानको भने यो दोस्रो हार हो । ३ खेलमा २ अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.